नेकपा गढवा गाउकमिटिको आयोजनामा पार्टी निकट जवस/मोर्चाको संयुक्त भेला सम्पन्न

डेली न्युजराप्ती       १९ पुष २०७८ २०:१९ मा प्रकाशित     442 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी गढवा गाउकमिटीको आयोजनामा पार्टी निकट जवस/मोर्चाको संयुक्त पालिका स्तरीय भेला सम्पन्न भएको छ।

संयुक्त भेलाले घिसोर चौधरीको अध्यक्षतामा थारु मुक्ती मोर्चाको ९ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ। यस्तै मधेसी मुक्ती मोर्चा गढवा गाउकमिटीमा जगदीश यादवको संयोजकत्वमा १३ सदस्यीय कमिटी चयन गरेको बताइएको छ।
भेलाले अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ गढवा गाउकमिटीमा ओम नारायण चौधरीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ। यस्तै बुद्धि परियारको अध्यक्षतामा ९ सदस्यीय श्रमिक समुदाय मोर्चाको पालिका स्तरीय कमिटी चयन गरेको हो भने मीन बहादुर मगरको संयोजकत्वमा ७ सदस्यीय मगर मुक्ती मोर्चा गढवा गाउकमिटी चयन गरेको जनाइएको छ।

नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा गढवा गाउकमिटी इन्चार्ज महान, नेकपा लमही नगर इन्चार्ज जनक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश इन्चार्ज खगेन्द्र पौडेल,केन्द्रीय समिती सदस्य संजय, संगठनका पाल्पा जिल्ला संयोजक राजिव भट्टराई,नेकपा दाङ जिल्ला सदस्य यज्ञ,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य मान बहादुर बोगटीको आतिथ्य रहेको थियो।

जगदीश यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लोकमनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार