विप्लव नेकपा कालिकोटमा सडक निर्माण गर्दै, राज्य विकासको नाममा अर्बौं भ्रस्टाचार गर्दै
माघ २२,कालिकोट। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा रोकिएको माल्कोट– रुप्सा सडक निर्माण कार्य पुनः शुरु गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएपछि सडक निमार्ण कार्य स्थानीय प्रशासनले रोकेको थियो।
बिहिबार एक कार्यक्रमको आयोजना गरि नेकपाले सडक निमार्ण कार्य पुनः सुरु गरेको हो। सडक निमार्णका लागि डोजर समेत लगिएको छ ।
नेकपाका केन्द्रीय सदस्य कर्ण बहादुर भण्डारी (बिराट) र अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विकको उपस्थितिमा कार्यक्रमको आयोजना गरि सडक खन्ने कार्यको सुरुवात भएको घोषणा गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष बिक सहितको टोलिले डोजर पुर्याएर कामको थालनी गरेको नेकपा कालीकोटका सेक्रेटरी मनिलाल ऐडी (रणदिप)ले वताउनुभयो।
यसअघि खुलालु हुँदै माल्कोट सडक खण्डमा काम शुरु गरेर ६ किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो ।
अहिले स्थानीय सरकारलाई चुनौती दिदै पुन कामको शुरूवात गरेको नेकपाले बताएको छ।
नेकपाका प्रबक्ता प्रकाण्डले केही समय अघि गृहजिल्ला पुगेर जनअस्पताल देखि अन्य बिकास निर्माणका कामको थालनी गर्ने घोषणा गरेअनुसार पहिलो चरणमा सडकको काम शुरूवात गरेको नेकपाको दावि छ।
सहिद मार्ग नाम दिएको उक्त सडक २१ किमि रहेको र ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विप्लव नेतृत्वको नेकपाले देशव्यापी विभिन्न विकास निर्माणका कार्यहरु अघि बढाएको छ भने राज्यले दिनानुदिन विकासका नाममा अर्बौ घोटाला र भ्रस्टाचार गरिरहेको तथ्यहरु आइरहेका छन। नेकपाले कपिलवस्तुमा जनस्वास्थ्य केन्द्र, एसियाकै नमुना जनसंग्रहालयको निर्माण सुरु गरेको छ भने कालिकोटमा नेकपाले जनअस्पतालको निर्माण गर्ने घोषणा गरेको छ।
यस्तै नेकपा दाङले केही समयअघि जिल्ला अन्तर्गतका विभिन्न पालिकाका अति विपन्न,सुकुम्बासीका लागि आवास निर्माण कार्य सम्पन्न गरेको थियो। नेकपा दाङले शान्तीनगर गाउपालिकामा बसोबास गर्ने अति विपन्न परिवारका लागि एक आवास र जिल्लाको लमहि नगरपालिकामा बसोबास गर्ने एक सुकुम्बासी परिवारका लागि पनि एक आवास निर्माण गरेको हो।
नेकपाले देशव्यापी नमुना निर्माण कार्य अघि बढाएको जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.