हेमन्त प्रकाश वली, दाङ। नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र धम्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै भोली फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै सभाहरु र काठमाडौँमा संसद भवनअगाडि प्रदर्शन गर्ने निर्णय गरेका छन।
यस्तै दाङमा विप्लव नेतृत्वको नेकपा सहित कृयासिल ४ कम्युनिस्ट पार्टीको आयोजनामा भोलि घोराहीमा बिरोध प्रदर्शन गर्ने नेकपाका केन्द्रीय समिती सदस्य एवम दाङका इन्चार्ज शितलले जानकारी दिनुभयो।
नेपाल कम्युनिस्ट पार्टी ,नेकपा मशाल,नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा मालेको संयुक्त आयोजनामा आयोजित बिरोध प्रदर्शनमा एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि आह्वान गरिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.