नेकपा शान्तिनगर,दंगिशरण र बबई गाउपालिकाको संयुक्त आयोजनामा सहिद परिवारलाई अभिनन्दन

डेली न्युजराप्ती       १९ फाल्गुन २०७८ १७:४३ मा प्रकाशित     398 No Comments


कोपिला बन्जाडे। फागुन १९, तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत विभिन्न ३ पालिकाको संयुक्त आयोजनामा सहिद,बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। आज बिहिवार जिल्ला अन्तर्गत शान्तिनगर,दंगिशरण र बबई गाउपालिकाको संयुक्त आयोजनामा २३ जना सहिद,बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाइ अभिनन्दन गरिएको नेकपा शान्तिनगर गाउपालिकाका इन्चार्ज मनोजले जानकारी दिनुभएको छ।

सहिद,बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले सहिदहरुको अधुरो सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाले राज्यव्यवस्था परिवर्तनका खातिर आफ्नो अमुल्य जीवन बलिदान गर्ने महान सहिदहरु प्रती भावपुर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको हो। नेता शितलले प्रचण्ड,बाबुरामहरुको आत्मसमर्पणका विरुद्ध क्रान्तीको झण्डा फेरि उठाएको वताउदै नेपालमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गरिछाड्ने उद्घोष समेत गर्नुभएको थियो। उहाले सहिदहरुको सपना नेपालमा संसदीय व्यवस्थाको खारेजी भएकाले यो व्यवस्थालाई खरानी नपार्दासम्म आफुहरुको लडाइ नरोकिने बताउनुभएको थियो। एक फरक प्रसंगमा नेता शितलले राष्ट्रघाती एमसिसि सम्झौता सडकबाट खारेज गरिछाड्ने बताउनुभएको हो। उहाले राष्ट्रघाती एमसिसीका विरुद्धको लडाइमा आम देशभक्त,प्रगतिशील,बामपंथी,सच्चा लोकतन्त्रबादी शक्तिहरू राष्ट्रिय स्वाधीनताको लडाइमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा समेत राख्नुभएको थियो। नेता शितलले कार्यकर्ताहरु दास बन्न नहुने बताउदै राष्ट्रघातमा सहभागी आ-आफ्ना पार्टी र नेताका विरुद्ध बिद्रोह गरेर राष्ट्र र राष्ट्रियताको लडाइमा एकताबद्ध हुन अपिल समेत गर्नुभएको थियो।

सहिद,बेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर,सहिद परिवार भिम बहादुर वली,नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिकाशको आतिथ्य रहेको थियो।
नेकपा बबई गाउपालिका इन्चार्ज प्रतिरोधको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा शान्तीनगर गाउपालिका इन्चार्ज मनोजले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार