आज घोराहीमा विप्लव निकट अखिल(क्रान्तिकारी) सहित संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्ने

डेली न्युजराप्ती       २५ फाल्गुन २०७८ ०९:५४ मा प्रकाशित     619 No Comments


न्यूजराप्ती,फागुन २५,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल( क्रान्तिकारी) सहित संयुक्त बिद्यार्थी संगठनले आज घोराहीमा प्रदर्शन गर्ने जनाएका छन।
राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध दाङमा आन्दोलनरत कृयासिल ३ कम्युनिस्ट पार्टीहरु नेकपा,नेकपा( मसाल) र नेकपा( क्रान्तिकारी माओवादी) निकट बिद्यार्थी संगठनको संयुक्त आयोजनामा बृहत प्रदर्शन सहित सभा हुने अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज अमर खड्काले जानकारी दिनुभएको छ।
राष्ट्रघाती एमसीसी विरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण देशभक्त, वामपन्थी, वुद्धिजीवी, राष्ट्रप्रेमी लगाएत सचेत नागरिकलाई संगठनहरुले अपिल समेत गरेका छन।
दाङमा नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मार्चाहरु राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक र्मार्चाले निरन्तर रुपमा एमसीसीविरुद्धको विरोधमा संघर्षका कार्यक्रमहरु गर्दै आइरहेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार