दाङ १३ चैत । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । यस्तै दाङमा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापालाई जिल्लाको मुख्य निर्वाचन अधिकृत तोकेको छ । उनले घोराही उपमहानगरपालिकालाई पनि हेर्नेछन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका उपन्यायाधिबक्ता राजेश्वर अर्याल, दंगीशरण गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिबक्ता देवराज भारती, गढवा गाउँपालिकामा जिल्ला समन्वय समितिका उपसचिब मोहन सुवेदी, बंगलाचुली गाउँपालिकामा जिल्ला अदालत दाङका स्रेष्तेदार हिरण्यप्रसाद भण्डारी, बबई गाउँपालिकामा मुख्यन्त्री तथा मन्त्रीपरिषद कार्यालय लुम्बिनीका उपसचिब दिनेश अधिकारी, राजपुर गाउँपालिकामा कारागार कार्यालय डिल्लीबजार काठमाडौंका जेलर बसन्तराज पुरीलाई तोकिएको छ । त्यस्तै राप्ती गाउँपालिकामा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका उपसचिब दिपेन्द्र ढकाल, लमही नगरपालिकामा उच्च अदालत तुलसीपुरका उपरजिष्ट्रार मानबहादुर विष्ट र शान्तिनगर गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मशालिकराम ढकाललाई तोकिएको छ ।
आयोगद्धारा जनक शिक्षालाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय
निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने र सुगम क्षेत्रमा पुरÞ्याउनका अलि पछि छापिने उहाँले बताउनुभयो । केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ । यसैबीच आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यसअघि करिब १ करोड ७५ लाख मतदाता रहेकोमा दावी विरोधपछि केही घटेर आउने आयोगले अनुमान गरेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.