श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टककाबीच सबै मन्त्रीले दिए राजीनामा

डेली न्युजराप्ती       २१ चैत्र २०७८ १४:१० मा प्रकाशित     474 No Comments


काठमाडौ, २१ चैत । श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टककाबीच सबै मन्त्रीले राजीनामा दिएका छन । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन बढ्दै गएको बेला सरकारमा रहेका सबै २६ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । तर, प्रधानमन्त्री महिन्द्रा राजपाक्षे र उहाँका भाई राष्ट्रपति गोतबाया राजपाक्षेले राजीनामा दिनुभएको छैन ।शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरूले प्रधानमन्त्रीलाई हिजो अबेर साँझ राजीनामा बुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

सन् १९४८ यताकै गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव छ । आर्थिक सङ्कट समाधानका लागि भन्दै सरकारविरुद्ध प्रदर्शन पनि जारी छ । सरकारले भने प्रदर्शन रोक्नका लागि राष्ट्रिय आपतकालकोघोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार