अछामको मङ्गलसेनमा युवा उद्धमी भण्डारीले दिए स्वतन्त्र उम्मेदवारी

डेली न्युजराप्ती       १३ बैशाख २०७९ ०८:१५ मा प्रकाशित     281 No Comments

अछाम – अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन स्थिति मङगलसेन नगरपालिकामा समाजसेवी तथा युवा उद्धमी पूर्ण भण्डारीले आशन्न स्थानीय तहको निर्वाचनमा उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

विकास निर्माणका काम र जनताको नाममा परिचालन गरिने साधन श्रोतलाई पार्टीकरण हुन नदिन भण्डारीले उपमेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन् । राज्यका तीन तह मध्य स्थानीय तहलाई स्थानीय सरकारको रुपमा हेरिएको बेला नगरबासिको विकास र पारदर्शिकताको चाहानालाई सम्बोधन गर्न र राज्यको साधन श्रोतको न्यापूर्ण वितरण गर्दै विकास निर्माणमा भैरहेको राजनीतिकरणको अन्त्य गर्न उम्मेद्वारी दिएको भण्डारीले बताए ।

‘दलिय आधारमा जसरी स्थानीय जनताहरुबीच धुर्विकरण हुँदै आएको छ, यसले जित्ने नेता र पार्टिहरुले उपलब्ध साधन श्रोतको पनि पार्टीकरण गर्न थाल्ने, जितेका प्रतिनिधिहरुले जनताका आधारभुत सेवा सुबिधा समेत पार्टी र आफ्नो नजिकका आधारमा वितरण गर्ने स्थिति रह्यो, यो निकै अन्यायपूर्ण परिपाटी हो यसको बिकल्प दिनु पर्ने ठान्यौ र मैले उम्मेदवारी दिए’, भण्डारिले भने ।

नागरिकले इमान्दार, केही गर्न सक्ने र जनपक्षीय उम्मेदवार खोजिरहेको बेला समाजसेवी तथा युवा उद्धमी भण्डारीले नगरको आवश्यकता र नगरबासिको चाहाना अनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार