Site icon dailynewsrapti.com

तुलसीपुर-३ मा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको चुनावी अभियान सुरु


बैशाख १६,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं.३ मा स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियान सुरु गरेका छन। आज शुक्रबार वडामा स्वतन्त्र उम्मेदवार लगाएत स्थानीय जनताको भव्य सहभागीतामा निर्वाचन बिशेष प्रशिक्षण सम्पन्न भएको छ।

बैशाख ३० गते सम्पन्न हुन गईरहेकाे स्थानीय तहकाे निर्वाचनबाट निर्वाचित उम्मेदवारहरु आ-आफ्नाे व्यक्तिगत स्वार्थमा नभई आम जनताकाे सेवाका लागि लाग्नुपर्ने स्वतन्त्र जनपक्षिय उम्मेदवारहरुद्वारा आयाेजित चुनावी प्रशिक्षण भेलालाई सम्बाेधन गर्ने सहभागी वक्ताहरूले प्रतिबद्धता व्यक्त गरेका छन।

नेकपाको समर्थनमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वलीको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बाट स्वतन्त्र जनपक्षिय अध्यक्ष पदका उम्मेदवार ईश्वरी प्रसाद पाण्डे,तुलसीपुर उपमहानगरपालिका वडा नं.३ का स्वतन्त्र जनपक्षीय उम्मेदवार बालकृष्ण खरेल लगाएतको आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उप-मेयर पदका उम्मेदवार जुझारु युवा नेतृत्व खेमराज वलीले राखेका थिए।
यस्तै हिजो तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ मा स्वतन्त्र उम्मेदवारहरुको सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो।
तुलसीपुर-१९ मा नेकपाको समर्थनमा स्वतन्त्र वडा अध्यक्ष पदमा खड्ग बहादुर वली सहितको टिम चुनावी मैदानमा होमिएको छ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version