महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड र जसपा अध्यक्ष महन्त ठाकुर विच भेटवार्ता

डेली न्युजराप्ती       ९ श्रावण २०७८ १२:०८ मा प्रकाशित     746 No Comments


न्यूजराप्ती श्रावण-९,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान भएको भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल गरेका थिए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज नभएको र बन्दीहरु रिहा नभएको स्थितिमा दुवै दलले संयुक्त रुपमा पहल गर्ने सहमति भएको छ। जसपाको उपस्थिति संसदमा समेत भएकोले उसले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिको स्वामित्व बर्तमान सरकारले पनि लिनपर्ने र सरकारले सो सहमति कार्यान्वन नगरे संसदमा समेत आवाज उठाउने सहमति भएको छ । यसैगरी , सो भेटवार्तामा नेता कुर्सि र सत्ता केन्द्रित भएकोले राष्ट्र र जनताको मुद्दा आझेलमा परेको निष्कर्ष निकाल्दै मधेशी जनतापनि यसकै कारण प्रताडित हुन् पुगेको निश्कर्ष निकाल्दै आगामी दिनमा सहकार्य गर्ने सहमति समेत भएको बताइएको छ ।
भेटवार्तामा देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार