पार्टीभित्रको फोहोर पखालिएर गयो : प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       २६ बैशाख २०७९ २१:२८ मा प्रकाशित     312 No Comments

बैशाख २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले देश गम्भीर संकटमा रहेको बताउनुभयो नेकपा रास्कोट नगरकमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले देश प्रतिगमनको भन्दा दलाल पुँजीवादको कब्जामा गएकाले शंकटको भुमरीमा रहेको बताउनु भएको हाे।

‘देश प्रतिगमनको खतरा रहेको भनेको नेपालमा फेरी राजा फर्किन्छ भनेको हो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भनाईलाई लक्षित गर्दै उहाँले भने, ‘देशमा नागार्जुन दरबारमा थन्किएको राजाबाट कुनै प्रतिगमन हुँदैन । देशमा प्रतिगमनको खतरा भन्दा दलाल पुँजीवादबाट खतरा छ । त्यसका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत संघर्ष गरिरहेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको सेवा गर्ने हिसावले स्थानीय चुनाव प्रयोगको नीति लिएको जिकिर गरे । ‘अहिलेको परिस्थिति एकीकृत जनक्रान्तिको रक्षाका लागि हाम्रो बीचमा दुई वटा विकल्प खडा भए । दुई वटा विकल्पमा एकीकृत जनक्रान्तिको रक्षा कुन विकल्पले गर्न सक्छ भन्ने छलफल गर्दै गर्दा चुनावी रणनीति अगाडि आएको हो ।’ उहाँले भन्नुभयाे ‘कार्यदिशा अनुसार पार्टीलाई जनतासँग जोड्नका लागि चुनावी प्रयोग गर्ने नीति आएको हो । यसले जनतालाई सेवा गर्न ठूलो मद्दत गर्छ ।’

पार्टी फुटको विषयमा कुरा गर्दै उनले पार्टी भित्रको फोहोर सफा भएको बताउनुभयाे । ‘कन्चनजी, सुदर्शनजीले बीस बमन गरिरहनु भएको छ । उहाँहरुलाई राष्ट्रिय परिस्थिति, अन्तिराष्ट्रिय परिस्थिति र पार्टी एकीकृत जनक्रान्तिको रक्षा गर्नका लागि लिएको नीतिबारे गलत बुझ्नु भयो ।’ उहाँले भन्नुभयाे ‘उहाँ जस्तो पार्टीभित्रको फोहोर पखालिएको महशुस भएको छ । पार्टीले क्रान्ति छोडेको छैन । एकीकृत जनक्रान्तिको परिकल्पनाकार महासचिव हामीसँगै हुनुहुन्छ । म सहित सिंगो पार्टी हामीसँग छ । त्यसैले यस्ता फोहोरहरु बाहिर जाँदा हामीलाई राम्रै हुन्छ ।’

पार्टीको कार्यनीति अनुसार चुनावमा पार्टीले जिताएका उम्मेदवारलाई जिताउनु रास्कोटी जनताको कर्तव्य भएको उहाँको भनाई थियो । ‘ह्यवी वीटहरुलाई हामीले निर्वाचनको मोर्चामा खटाएका छौँ । उहाँलाई जिताएर नमुना नगरपालिका बनाउने अवसर आएको छ ।’ उनले भने, ‘यो अवसरलाई सदुपयोग गर्नु रास्कोटी जनताको कर्तव्य हो ।

अहिले एमसीसीका पक्षधर र विरोधीहरुबीच ठूला संघर्ष चलिरहेको भन्दै यसलाई फिल्डमा लागु गर्न नदिने बताउनुभयाे। ‘एमसीसीको पक्षमा कोको थिए । हामी सबैलाई थाहा छ । अहिले उनीहरुलाई चिन्ने अवसर आएको छ ।’ उहाँले भन्नुभयाे, ‘हिजो महाकाली बेचे, टनकपुर बेचे, अरुण थर्ड बेचे, अपर कर्णाली बेचे, अहिले एमसीसी आएको छ । यीनीहरु सबै राष्ट्रघाती हुन् ।’

नेकपाका केन्द्रीय सदस्य भरत बम (रणबीर)ले भ्रष्टाचार मुक्त नगर बनाउन, सामानिक, संकृतिक नगर बनाउन पार्टीले पठाएका स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन पर्ने बताउनुभयाे । ‘विभिन्न कुराहरुले बदनाम उम्मेदवारहरु हामीसँगको प्रतिशपर्दामा छन् । उनीहरुलाई जिताएर रास्कोटलाई बदनाम बनाउन आफ्नो मतको दुरुपयोग नगर्नुहोस् ।’ उहाँले भन्नुभयाे, ‘इमान्दार उम्मेदवारहरुलाई आफ्नो मत दिएर आफ्नो मदाधिकारको सदुपयोग गर्नुहोस् ।’

रास्कोट नगरपालिकाको नगरप्रमुखकी उम्मेदवार धिरिन्द्रा उपाध्याय (भृकुटी)ले आफूले जनताको पक्षमा राम्रो काम गर्नका लागि आएको बताउनुभयाे । ‘म सकेसम्म राम्रो काम गर्ने प्रयास गर्नेर्छु । सकिन भने मेरो पार्टीले मलाई फिर्ता बोलाउने अधिकार राख्छ ।’ उहाँले भन्नुभयो, ‘यदी पार्टीले पनि फिर्ता नबोलाए तपाईँहरु हस्ताक्षसहित आउनु होला । म मेरो पद छोडिदिन्छु । त्यसमै टालिएर बस्ने छैन् ।’

कार्यक्रम नेकपा कालिकोटका इन्चार्ज तथा केन्द्रीय सदस्य कर्णबहादुर भण्डारी (विराट) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार