नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १३ औं पूर्ण बैठक सुरु

डेली न्युजराप्ती       १२ जेष्ठ २०७९ २२:३३ मा प्रकाशित     365 No Comments

बैठकमा पार्टीका महासचिव विप्लवद्वारा १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश
उदयपुर: नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औं पूर्ण बैठक उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा आजबाट सुरु भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बैठक सुरु भएको छ।

बैठकमा पार्टीका महासचिव विप्लवले १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गर्नु भएको छ । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी हुनुहुन्छ ।बैठकमा सहभागी सबै जना राजनीतिक प्रस्तावमाथि भोलि १३ गतेदेखि आ-आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय समितिको बैठकमा उपस्थिति हुनुहुने महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर लगायत सम्पूर्ण बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई उदयपुर जिल्ला पार्टीले स्वागत गरेको थियो।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार