युक्रेन युद्धमा१० हजार सर्वसाधारणको मृत्यु

डेली न्युजराप्ती       ४ असार २०७९ ११:०३ मा प्रकाशित     179 No Comments

डेलीन्युजराप्ती अनलाइन
काठमाडौं, ४ असार । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ यूएनले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए ।

मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ । धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार