नेकपा दाङको ८औं पुर्ण बैठक सम्पन्न,नेता शितलले भने ‘बाचुन्जेल क्रान्तीभन्दा अरु सोचिदैन’

डेली न्युजराप्ती       ६ असार २०७९ १९:३० मा प्रकाशित     427 No Comments


असार ६,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको ८औ पुर्ण बैठक सम्पन्न भएको छ।
सोमबार दाङको घोराहीमा सम्पन्न बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले बाचुन्जेलसम्म क्रान्तीभन्दा अरु नसोच्ने बताउनुभएको छ। नेता शितलले जिबनभर आफुले निस्वार्थ ढंगले क्रान्तीभन्दा अरु केही नसोचेको बताउदै सम्पुर्ण जीवन आफुले क्रान्तीमै खर्चिने
बताउनुभएको थियो।

एक फरक प्रसंगमा बोल्दै नेता शितलले पार्टीबाट रुपान्तरण हुन नचाहने अराजक तत्वहरुले पार्टी बिभाजनको हल्ला मच्चाएको बताउनुभएको थियो।उहाले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीमा छलफल बहस हुनु स्वभाबिक हो तर पार्टीमा कुनै बैचारिक मतभिन्नता नभएरै छुट्टै झोला बोकेर हिड्नु हुँदैन।’
धर्मेन्द्र-सुदर्शनहरु रुपान्तरण हुन नचाहेर गल्तीबाट बच्न पार्टीबाट भागेको नेता शितलको भनाइ थियो।
नेता शितलले धर्मेन्द्र-सुदर्शनहरुले क्रान्ति गर्नलाइ पार्टी फुटाएको नभएर पार्टीमा आर्थिक अराजकता लगाएतका गल्ती गरेकाले कार्वाही परिन्छ भन्ने डरले छुट्टै झोला बोकेर हिडेकाले भुलबस,भ्रमवस उक्त पार्टीमा गएका इमानदार क्रान्तिकारी नेता-कार्यकर्ताहरुलाई पार्टीमा फर्किन अपिल समेत गर्नुभएको थियो।

सोमबार सम्पन्न नेकपा दाङको ८औ पुर्ण बैठकले राष्ट्रघाती एमसिसी सम्झौता,एसपिपी सम्झौता,राष्ट्रघात,जनघात,चर्को महंगी लगाएतका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम संचालन गर्ने जसअन्तर्गत असार ९ गते देउखुरी ,असार १० गते घोराही र असार ११ गते तुलसीपुरमा प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ। यस्तै बैठकले असोज १ गतेदेखि काठमाडौंमा हुने पार्टीको नवौं महाधिवेशन केन्द्रित कार्यक्रम अन्तर्गत श्रावण महिनासम्म सेल कमिटी,वडा कमिटीका भेला सम्मेलनहरु गर्ने,भदौ ५ गतेसम्म पालिका सम्मेलन गर्ने,भदौ ६-१५ गतेसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ।

बैठकमा नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर,सदस्य द्वय सम्झना र बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,केन्द्रीय सचिव तिलकको आतिथ्य रहेको थियो।
८औं पुर्ण बैठकको संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार