घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको आवधिक योजनागत बैठक सम्पन्न भएको भएको छ । मंगलबार घोराहीमा उक्त बैठक सम्पन्न भएको हो ।
मंगलबार घोराहीमा सम्पन्न बैठकले व्यवसायीको पक्षमा संघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले व्यवसायीहरुको सटर भाडादर घटाउन आन्दोलन गर्ने र त्यसका लागि व्यवसायीहरुको बैशाख १३ गतेदेखि १५ गतेसम्म तथ्यांक संकलन गरी विश्लेषण गर्ने र १९ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ भने २४ गते ज्ञापनपत्र बुझाउने, २६ गते बिरोध र्याली गर्ने, २७ गते १ गते सटर बन्द गर्न लगाउने, २८ गते बिरोध सभा गर्ने, ३१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, जेठ ३ गतेदेखि निरन्तर घोराही उपमहानगरपालिका धर्ना दिने निर्णय गरेको हो । तथ्यांक संकलनका लागि सात वटा टिमको क्षेत्र विभाजन गरिएको छ ।
त्यस्तै बैठकले राजनीति वैचारिक तथा संगठनतर्फ महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले प्रत्येक वडामा वडा कमिटी बनाउने, बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने, बैशाख २३ गते महिलाको भेला गर्ने, २५ गते युवाको सम्मेलन गर्ने , पार्टी सदस्यको विवरण तयार पार्ने लगायतको निर्णयहरु गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले पार्टीको आबधिक योजना अन्तर्गत गरिएका कार्यक्रमहरुले समाजवादको सन्देश दिएको भन्दै समाजवाद नेपालमा निर्विकल्प भएको बताए । उनले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत कम्युनिस्ट पार्टीका अगुवाइ, पुराना, पाका आदर्शका नेतृत्वकै निवासमा गएर सम्मान गर्दा त्यसको प्रभाव सकारात्मक भएको कुरा जोड दिए ।
इन्चार्ज सविनले पछिल्लो समयमा मानिसहरूमा निराशापन देखिएको र त्यो निराशाको मुख्य कारण नेपालको दलाल पुँजीवाद भएको उद्घोष गर्दै यो दलाल पुँजीवाद रहदासम्म संकटहरु आइरहेने हुँदा यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सी, पार्टीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सम्झना सी, दाङ पार्टीका सल्लाहकार मंगल सीको विशेष उपस्थितमा बैठक बसेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.