अखिल(क्रान्तिकारी)ले आज दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने

डेली न्युजराप्ती       १३ असार २०७९ १३:५७ मा प्रकाशित     386 No Comments


असार १३,दाङ। विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) ले आज दिउँसो ३ बजे रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्ने जनाएको छ।
क्रान्तिकारीले संगठनको ऐतिहासिक चौथो पुर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको हो। सो संगठनका उपाध्यक्ष नरेन्द्र विकले सामाजिक संजाल फेसबुकमा दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थितिका लागि आग्रह गरेका छन।

अखिल(क्रान्तिकारी) को ऐतिहासिक चौथो पुर्ण बैठक असार ११-१३ सम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा बसेको हो। संगठनले बैठककै क्रममा हिजो एकीकृत जनक्रान्तीका सहिद चन्द्र बहादुर सिंह(सनराइज) को स्मृतिमा वृक्षारोपण समेत गरेको थियो।

अखिल(क्रान्तिकारी) को चौथो पुर्ण बैठकमा नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा(प्रकाण्ड),केन्द्रीय सदस्य चिरण पुन,संगठनका पुर्व अध्यक्ष चिरञ्जीवी ढकाल लगाएतको आतिथ्य रहेको थियो।
आज दिउँसो रिपोर्टस क्लबमा हुने पत्रकार सम्मेलन मार्फत ऐतिहासिक चौथो बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिने संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार