द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

डेली न्युजराप्ती       ६ श्रावण २०७९ ०८:४० मा प्रकाशित     143 No Comments


भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।
द्रौपदी मुर्मूलाई सुरुदेखि नै भारी भइरहेको थियो ।

यसअघि दोस्रो चरणको मतगणनाको अन्त्यसम्ममा एनडीए उम्मेद्वार द्रौपदी । मुर्मूले कुल मतको ७२ प्रतिशत मत प्राप्त गरिसकेकी थिइन् । पीटीआईका अनुसार दोस्रो राउन्डको गन्ती पूरा हुँदा अरुणाञ्चल प्रदेश, असम, बिहार, झारखण्ड, हरियाणा, हिमाञ्चल प्रदेश, छत्तिसगढ, गोवा र गुजरात गरेर १० राज्यका सबै सांसद र विधायकको मतगणना भइसकेको थियो ।

त्यसबेलासम्म करिब ६.७३ लाख भोटमध्ये द्रौपदी मुर्मूले ४.८३ लाख मत पाएकी थिइन् । जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले १ लाख ८९ हजार मात्रै मत पाएका थिए । द्रौपदीले जुलाई २५ मा राष्ट्रपतिको रुपमा शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार