रुस-युक्रेन युद्ध: रुसलाई ताकेर हानेको अमेरिकी क्षेप्यास्त्रले ४० युक्रेनीको मृत्यु

डेली न्युजराप्ती       १४ श्रावण २०७९ १५:३२ मा प्रकाशित     167 No Comments


काठमाडौँ – रुसी सेनालाई लक्षितगरी युक्रेनले प्रहार गरेको अमेरिकी क्षेप्यास्त्रले ४० युक्रेनीको मृत्यु भएको छ । रुसीको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित (एचआइएमएआरएस) रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको हो ।

उक्त प्रहारबाट ७५ जना घाइते भएका छन् । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् । ‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भनेको छ ।

उक्त क्षेत्रमा युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ । बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् ।’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार