तुलसीपुर,७ भदौ । दाङमा कुनै पनि सवारी साधनमा आगजनी नगरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले जनाएको छ । घोराही–लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगजनी भएको घटना सार्वजनिक भएपछि पार्टीका दाङ जिल्ला इन्चार्ज शितलको यस्तो प्रतिकृया आएको हो ।
बन्द सफल बनाउन शान्तिपूर्ण रुपमा सवारी साधन रोक्ने, अटेर गर्नेको चावि नियन्त्रणमा लिने बाहेक तोडफोड र आगजनी गर्ने कुनै कार्यक्रम नरहेको वलीले बताउनु भयो । यद्यपी प्रहरीले घटना संकास्पद भएको भन्दै चालक र सहचालकलाई नियन्त्रणमा लिइसकेको छ । विभिन्न माग राख्दै नेकपाले आज एक दिने बन्दको घोषणा गरेको हो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.