नेकपा रोल्पाको सेक्रेटरीमा सम्झना घर्तीमगर ‘असिना’निर्वाचित

डेली न्युजराप्ती       ३० भाद्र २०७९ १०:५५ मा प्रकाशित     194 No Comments


नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘असिना’लाई चयन गरेको छ । पुर्ब केन्द्रिय सदस्य समेत रहेकी असिना सर्बसम्मत निर्बाचित भएकी हुन । नेपाल कम्युनिस्ट पार्टी रोल्पाको इतिहासमै पहिलो पटक महिला सेक्रेटरी चयन भएकी उनी शहिद परिवार पनि हुन ।

यस अघि २०७८ देखी दिनेश बिक्रम चन्द ‘मानव’ले जिल्ला सेक्रेटरीको जिम्मेवारी बहन गर्दै आएका थिए भने मानव हाल बिशेष कमिटी सदस्यमा चयन भएका छन । सम्मेलनबाट ५५ सदस्यीय जिल्ला कमिटी,सल्लाहकार कमिटी १७ जनाको रहेको छ भने ४ जनाको बिशेष कमिटी सदस्य निर्माण गरिएको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिबालय सदस्य सन्तोष बुढामगरको उपस्थिति रहेको थियो । अन्य अतिथिहरु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुबास, केन्द्रिय सदस्य सन्जिव, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज  संगम, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज  जागृति, केन्द्रीय सदस्य तथा कपिलबस्तु जिल्ला इन्चार्ज  जुझारू र पुर्व केन्द्रीय सदस्य सन्ताेषीको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैटौं जिल्ला सम्मेलन सदरमुकाम लिबाङमा भएको थियो । सम्मेलनमा १० वटै स्थानिय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार