खेमराज बुढा,अछाम। भाद्र ३१ दिउँसो देखि परेको अविरल बर्षाका कारण अछाम जिल्लामा बाढीपहिरो बाट जनधनको ठुलो क्षति भएको थियो । जसमा तुर्माखाद गाँउपालिका वडा नं ५ नाडामा तिन घर पहिरोमा परेर ९ जनाको ज्यान गएको थियो । पहिरोमा परेका मृतकका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी अछामले राहात वितरण गरेको छ।
शुक्रबार नेकपा अछामले मृतकका प्रत्येक परिवारलाई रू ५,०००।-(पाँच हजार) का दरले राहत वितरण गरेको जनाएको छ । पहिरोमा परेर ज्यान गुमाउनु भएका नेत्र शाही, मनिषा शाही र विमला शाही का घरमूली दिल बहादुर शाहीलाई रू ५,०००।- यस्तै जानकी शाही का बुवा मिन बहादुर शाही लाई रू ५,०००।- र पहिरोमा पुरिएर ज्यान गुमाउनु भएका भावना शाही, कमला शाही, सुन्दर शाही, करिस्मा शाही र मेलिना शाही का घरमूली रिठ बहादुर शाही लाई रू ५०००।- राहत प्रदान गरिएको थियो ।
राहात वितरण कार्यक्रममा नेकपा अछामका जिल्ला सचिव लोकेन्द्र शाही, नेकपा अछामका नेता निरक शाही , जिल्ला सचिवालय सदस्य तथा तुर्माखाद गाँउपालिका इन्चार्ज तिलक विष्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको जिल्ला सचिव शाहीले बताए।
जिल्लाका अन्य पहिरोमा परेर ज्यान गुमाउनु भएका घरपरिवारलाई पनि राहत वितरण गरिने सचिव शाहिले शाहिले बताए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.