तीन बुदे कार्यान्वयन नभए जुनसुकै मूल्य चुकाएर पनि लड्छौ : जनक

डेली न्युजराप्ती       ४ पुष २०७९ २०:५२ मा प्रकाशित     326 No Comments

अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्ध नेकपा दाङद्वारा जिल्लाभरी भव्य मसाल जुलुस प्रदर्शन

डेलिन्युजराप्ती समाचारदाता ।
पौष ४ , तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी जनक सीले राज्यले तीन बुदे सहमती कार्यान्वयन नगरे जुनसुकै मूल्य चुकाएर लड्न तयार रहेको स्पष्ट पारेका छन।
नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा आज सोमबार पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्धमा आयोजित मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेता जनकले उक्त कुरा बताएका हुन ।

मसाल जुलुसपछिको कोणसभालाइ सम्बोधन गर्दै पार्टीका जिल्ला सचिव जनकले भने – ‘राज्यसंग भएको तिन बुदे सहमती कार्यान्वयनका लागि आज मसाल बोकेर निस्किएका छौँ , राज्य जिम्मेवार भएन भने र सहमती अक्षरंस पालना गरिएन भने जुनसुकै मूल्य चुकाएर पनि लड्छौ तर झुक्दैनौ ।’

नेता जनकले आफ्नो पार्टी र तत्कालीन सरकारबिच भएको तीन बुदे सहमति कार्यान्वयनका लागि कानुनी जटिलता हल गर्न ल्याइएको मुलुकी फौजदारी संहिता(पहिलो संसोधन) अध्यादेश- २०७९ कुनैपनी हालतमा पारित गरिनुपर्ने बताएका हुन ।
उनले भने , ‘राज्य सहमतीबाट पछि हट्नु भनेको देशमा शान्ती भंग हुनु हो । हामी नेपालमा दिर्घ शान्ती चाहान्छौ । अहिले नेपालमा शान्ती नचाहने केही बिदेशी दलालहरुले अध्यादेश विरुद्ध अनेकौं षड्यन्त्रका तानाबाना बुनिरहेका छन । हाम्रो राजनीतिक मुद्दासंग अनेक अपराधीक मुद्दाहरु जोडेर स्वयं सरकार पक्षका नेताहरु बिरोधमा उत्रनुले आशंका पैदा गरेको छ । अध्यादेश रोकियो भने देश युद्धको भुमरीमा फस्ने निश्चित छ ।’

कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका संयोजक खुमनले गरेका थिए ।

यस्तै नेकपा दाङले केन्द्रीय कार्यक्रम अन्तर्गत आज जिल्लाको घोराही , लमही , भालुबाङ , गढवाको धानखोला , तुलसीपुर लगाएतका सहरमा भव्य मसाल जुलुस प्रदर्शन गरेको जनाएको छ ।

अध्यादेश रोक्ने दलाल र साम्राज्यवादि षड्यन्त्रका विरुद्धमा भोलि नेकपा दाङले जिल्ला अन्तर्गतका सबै पालिकामा बिहान १०-११ बजेसम्म १ घण्टा चक्काजाम कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार