त्रिभुवन विश्वविद्यालयले समयमा परिक्षाफल प्रकाशित नगर्दा हजारौं विद्यार्थी अफ्ठ्यारोमा

डेली न्युजराप्ती       २२ पुष २०७९ ०८:४९ मा प्रकाशित     222 No Comments

काठमाण्डौ/त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको लामो समयसम्म नतिजा प्रकाशन नगर्दा आफ्नो “थप अध्ययन” र “रोजगारी”को अवसर प्रभावित भएको गुनासो विद्यार्थीहरूले गरेका छन्।

त्रिभुवन विश्वविद्यालयले परिक्षा लिएको लामो समयसम्म नतिजा प्रकाशन

परीक्षा दिएको एक वर्ष भइसक्दा पनि नतिजा नआएपछि कतिपयले “विदेशमा भर्ना पाउन नसकेको” तथा “लोकसेवा आयोग र विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाएको” बताएका हुन्।

त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा ठूलो शैक्षिक संस्था हो। समयमा परीक्षाफल प्रकाशित नहुँदा विभिन्न सङ्काय र तहका हजारौँ विद्यार्थी प्रभावित भएका छन्।

विश्वविद्यालयअन्तर्गत रहेका तथा सम्बन्धनप्राप्त क्याम्पसका प्रमुखहरूले पनि समयमा नतिजा नआउँदा “आफूहरू विद्यार्थीका प्रश्नसामु विवश बनेको” बताएका छन्।

विश्वविद्यालयका अधिकारीहरूले भने कोभिड महामारीका कारण शैक्षिक क्यालेन्डर प्रभावित हुँदा यस्तो अवस्था आएको तर्क गर्दै अब चाँडै बाँकी रहेका नतिजाहरू प्रकाशित हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार