विचार:उमा भुजेल‘शिलु’
वर्गीय समाजमा राज्यसत्ता पनि वर्गीय हुन्छ । राज्यसत्ता भनेकै एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने यन्त्र हो । राज्यसत्ताको प्रश्नसँग सेनाको विषय अविभाज्य रूपमा जोडिएको हुन्छ । राज्यसत्ता निर्माण गर्न वा टिकाउन बलियो सेनाको पक्षधरता आवश्यक पर्छ । फरक यति हो, साम्यवादी दृष्टिकोणका आधारमा तयार पारिएको सर्वहारावर्गको सेनाले जनताको सेवा गर्छ । समाजवाद हुँदै साम्यवादसम्म पुग्दै अन्त्यमा सत्ताको अन्त्यको घोषणा गर्छ । तर बुर्जङ्घवा सेनाले प्रतिक्रियावादको सेवा गर्छ ।
नेपालमा अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यले वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक शोषण, दमन र उत्पीडन गरेको थियो । यी सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त गर्दै नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यसहित नेपाली धर्तीमा जनयुद्धको शङ्खघोष भएको थियो । वर्गीय मुक्तिबिना लैङ्गिक उत्पीडनबाट मुक्ति सम्भव छैन । यो सत्यलाई आत्मसात गर्दै नेपालका क्रान्तिकारी महिलाहरू महान् जनयुद्धमा लामबद्ध हुन पुगेका थिए ।
महिलामाथिको उत्पीडनका प्रकृति
२०५२ सालमा जनयुद्ध सुरु हुँदै गर्दा नेपालका महिलाहरूमाथिको उत्पीडन र अहिलेको उत्पीडनको प्रकृतिमा केही फेरबदल छ । महिलामाथिको शोषण, दमन र उत्पीडन कायमै छ । नेपालका महिलाहरू सामन्तवादी, साम्राज्यवादी÷विस्तारवादी र पारिवारिक पितृसत्तात्मक राज्यसत्तारूपी तीनवटा अजङ्गका पहाडले नेपाली महिलाहरू थिचिएका थिए । अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसत्ताले महिलाहरूलाई आर्थिक रूपमा सम्पत्तिमाथिको अधिकारबाट पूर्ण रूपले वञ्चित ग¥यो । सामाजिक रूपमा कमजोर, अबला, बच्चा जन्माउने मेसिन, सांस्कृतिक रूपमा चरणको दासी, नरको नारीका रूपमा चित्रित गरिदियो । अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसत्ता भन्नेबित्तिकै सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको प्रभुत्व रहने भएकाले महिलामाथिको सामन्तवादी, साम्राज्यवादी र विस्तारवादी शोषण, दमन र उत्पीडनका सामान्य र विशिष्ट प्रकृतिहरूसँग मेल खान्छन्् । साम्राज्यवादका शोषण, दमन र उत्पीडनका विशिष्ट प्रकृतिहरूमा महिलालाई उद्योगबाट उत्पादित वस्तुको विज्ञापनका लागि उपभोग्य वस्तुको खोलमा टाँस्ने, श्रव्य र दृश्यद्वारा विद्युतीय सञ्चारमाध्यममा प्रयोग गर्ने ग¥यो । मूल रूपमा तत्कालीन अवस्थामा बहुराष्ट्रिय कम्पनीमा उत्पादित वस्तुको विज्ञापन, तिनीहरूको व्यापारिक चिह्नस्वरूप सद्भावदूत बनायो । फेसन सो, सुन्दरी प्रतियोगिता गराएर संवेदनशील अङ्गप्रत्यङ्गको प्रदर्शनी गरायो । भोगविलासका लागि सुन्दरी बनाएर, क्याटवाक गराएर साम्राज्यवादले महिलालाई उपभोग्य वस्तुका रूपमा प्रयोग ग¥यो । पितृसत्तात्मक राजयसत्ता विश्वका सबै राज्यप्रणालीहरूमा रहेको छ । पारिवारिक र राज्यसत्ताको पितृसत्ताले घरभित्रकै चुलोचौको र झोलुङ्गोमा सीमित ग¥यो । महिलालाई दाइजोसँग साट्ने, जारीमा किन्ने र बेच्ने प्रथा नै चल्यो । दाइजो र जारी प्रथाले महिलाई बेचबिखन गर्ने पशुतुल्य पारिदियो ।
जनयुद्धमा महिला सहभागिता र विशिष्ट भूमिका
यही परिवेशमा नेपालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्धको उद्घोष भयो । उक्त जनयुद्धमा सबैखाले शोषित, पीडित र दमित वर्ग र समुदायको सहभागिता बढ्दै गयो । त्यसैक्रममा महिलाहरू अझ त्यसमा पनि बढी शोषित, पीडित महिलाहरूको सामेली बढ्दै गयो । जनयुद्धमा महिलाहरूको सहभागिता सङ्ख्यात्मक वृद्धि मात्र नभएर क्रियाशीलता, त्याग, बलिदान, समर्पण र जुझारु पनले ओतप्रोत हुन पुग्यो ।
जनयुद्ध सुरु भएको २ वर्ष पुग्दै गर्दा २०५४ साल चैत २६ गते कालीकोटका क्रान्तिकारी महिलाहरूले प्रहरीसँग प्रतिरोध गरी हतियार कब्जा गरेर पार्टीलाई बुझाएका थिए । कुमालगाउँँ चौकीबाट आएको प्रहरीले पिथलडाँडामा जितबहादुर विकको घरमा आई दमन गर्न थालेको थियो । त्यही क्रममा प्रहरीले चलाएको गोली लागी जितबहादुर विक घाइते भएपछि वरिपरिका महिलाहरूले प्रतिरोध गरेका थिए । त्यही क्रममा दोहोरो भिडन्त हुँदै गएको थियो । प्रहरीहरू भाग्न बाध्य भएका थिए । गोेरीकला विश्वकर्मा र पेउँकला विश्वकर्माको नेतृत्वमा रहेको ४०–५० जनाको टोलीले हतियारबद्ध प्रहरीलाई लखेट्दै कोटवाडा ७ को चिउरीमेला पु¥याई ओडारभित्र पसाएर प्रहरीले राइफलद्वारा बर्साएको गोलीको बेवास्ता गर्दै आक्रमण गरेका थिए । त्यसक्रममा प्रहरीको हबल्दार मारिएका थिए । कालीकोटको यो घटनाले जनयुद्धलाई तत्कालीन अवस्थामा राहत थिएको थियो । उत्साह थपेको थियो । पार्टीको फौजी शक्ति निर्माणमा महिलाहरूको सहभागितालाई अनिवार्य बनाउनुपर्ने नीति बनाउने ठाउँमा पु¥याइदियो । जनयुद्धमा सैन्य शक्ति निर्माणका क्रममा स्वयम्सेवक दल, सुरक्षा टोली, स्क्वायड हुँदै सैन्य संरचनामा महिलाहरूको सहभागिता बढ्दै गएको थियो । नियमित सेना बन्दै गर्दा त सैन्य सङ्गठनमा ४० प्रतिशत महिलाको उपस्थिति भएको थियो ।
२०५७ साल चैत १७ गतेका दिन उमा भुजेलको नेतृत्वमा कमला नहर्की, मीना मरहट्ठा, सञ्जु अर्याल, रीता वि.क. एन्जिला विकले सुरुङ खनेर गोरखा जिल्लाको जेल तोडेर बाहिर निस्किएका थिए । जनयुद्धकालको यो पहिलो जेल बे्रक थियो भने नेपालकै इतिहासमा महिलाहरूले जेल ब्रेक गरेको यो पहिलो घटना थियो ।
यसरी जनयुद्धमा सहभागी महिलाहरूले शौर्य र साहसको कीर्तिमान नै खडा गर्दै गए । पार्टीका विभिन्न तहहरूमा महिलाहरू नेतृत्व गर्न थाले । जनयुद्धकालमा सञ्चालन गरिएका पार्टी, सत्ताजस्तै जनमुक्ति सेनाको ब्रिगेडको राजनीतिक आयुक्त र कमान्डरसम्म पुगेका थिए । ठूल्ठूला फौजी कारबाहीका मुख्य नेतृत्व गर्न सक्षम भएका थिए । त्यही क्रममा महिला कमान्डरहरूले उच्च सहादत पनि प्राप्त गरेका थिए । रोल्पाको जङ्कोटमा तत्कालीन शाहीसेनासँगको भिडन्तमा एसल्ट (अग्रमोर्चा) मा कमान्ड गर्दागर्दै कम्पनी कमान्डर रतिमाला घर्ती (सपनशिला) ले उच्च सहादत प्राप्त गर्नुभएको थियो । त्यसैगरी कुसुम मोर्चामा कम्पनी भीसी गोरीकला थापा (झरना), कैलालीको आमखैया मोर्चामा प्लाटुन कमान्डर उषा, बन्दीपुर मोर्चाबाट फर्किंदै गर्दा बिना मगर (अनु) र ताप्लेजुङकी दिव्यजस्ता जनमुक्ति सेनाका होनहार महिला कमान्डरहरूले दुस्मनसँग लड्दालड्दै उच्च सहादत प्राप्त गरेका थिए ।
पार्टी सङ्गठनमा काम गर्दागर्दै दुस्मनको कब्जामा पर्दा पनि नेपाली महिलाहरूले जीवनको भिक्षा मागेनन् बरु सबैखाले क्रूर यातनाको बेवास्ता गर्दै आफ्नो अमूल्य जीवन बलिदान गर्न तयार भए । जनयुद्ध सुरु गर्नुभन्दापूर्व शेरबहादुर देउवा सरकारले रोल्पा, रुकुममा चलाएको रोमियो, २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारले सञ्चालन गरेको नरसंहारकारी किलो सेरा टु अप्रेसन, २०५८ सालमा शेरबहादुर देउवाको सरकारको पालामा घोषणा गरेको सङ्कटकाल, सेना परिचालनका क्रममा जति पनि महिलाहरूको हत्या भएको छ, दुस्मनको कब्जामा परेका प्रायः सबै महिलाहरूलाई सामूहिक बलात्कार गरेर मात्र गरिएको छ । शारदा श्रेष्ठ, कमला भट्ट, लली रोका, कुमारी बुढा, दिलमाया बम्जन, डिला थापा, उर्मिला भट्टराईहरूलाई हत्या गर्नुपूर्व सेना वा प्रहरीले हदैसम्मको यातना दिएको थियो । अहिले पनि सेना र प्रहरीले गरेको बलात्कार र यातनाका कारण कयौँ महिलाहरू विक्षिप्त अवस्थामा बाँचिरहेका छन्् । तर उनीहरूले दुस्मनका सामु गद्दारी गरेनन् । आत्मसमर्पण गरेनन् । जनयुद्धकालमा महिलाहरूले देखाएको साहस, शौर्य, धैर्य, बलिदान, त्याग र समर्पणलाई हेर्दा यिनीहरू साँच्चै नै फरक धातुले बनेका मान्छे हुन्जस्तो लाग्थ्यो । बुर्जुवाहरूले महिलाहरूलाई जसरी नरम, कोमल, कमजोरका रूपमा प्रस्तुत गर्ने गरेका छन्् तर जनयुद्धकालमा महिलाहरूले उनीहरूका तथ्यविहीन तर्कहरूलाई पूर्ण रूपले खारेज गरिदिएका दिएका थिए । बच्चा जन्माउनसक्ने, सन्तानलाई स्तनपान गराउनसक्ने क्षमता निर्माण गर्नुपरेको प्रकृतिसँग सङ्र्घषका कारण उनीहरू बढी सहन सक्ने भएको हुनुपर्छ ।
जनयुद्धमा महिलाहरूको भूमिका विशिष्ट हुनुका दुईवटा कारण छन्् ः पहिलो, उनीहरू युगौँदेखि शोषित, पीडित र दमित भैराख्दा त्यसबाट मुक्त हुन जनयुद्ध सञ्चालन भएको थियो । दोस्रो कारण उक्त जनयुद्ध सही विचार वा कार्यदिशामा आधारित थियो । माओले भनेजस्तै वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट सही विचार जन्मिन्छ भन्ने सैद्धान्तिक मान्यताद्वारा नेपाली क्रान्तिकारी महिलाहरू निर्देशित थिए ।
नेपाली क्रान्तिकारी महिलाहरू जनमुक्ति सेनाका सयौँ कमान्डर, पार्टीको केन्द्रीय समितिमा…., जनसत्तामा ५० प्रतिशत, सबै जनवर्गीय सङ्गठन र मोर्चाहरूमा आधाभन्दा बढी स्थानमा नेतृत्व गर्न पुगेका थिए । त्यसैले जनसत्ताको अभ्यास भएका भूगोल र आधारइलाकाहरूमा सम्पत्तिमा समान अधिकारको नारालाई व्यावहारिक रूप दिइएको थियो । महिलालाई हेय गर्ने संस्कार, संस्कृतिमाथि प्रतिबन्ध नै लगाइएको थियो । महिलाहरूमाथि पितृसत्तात्मक राज्यसत्ताले थोपरेको असमान, बाल, बहु र बेमेल विवाह खारेज गरिएको थियो । तिनीहरूको स्थान प्रेम, अन्तरजातीय र मेल विवाह, जीवनसाथी गुमाएकाहरूको पुनर्विवाहले लिएको थियो ।
चर्चित चुनवाङ बैठकले लिएको निर्णयअनुसार केन्द्रीय सत्ता कब्जा गर्न भनी पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ प्रवेश ग¥यो । जनयुद्धले उठाएका मुद्दा, फौजी र राजनीतिक कारबाहीले सहरबासी जनतामा सचेतनाको लहर ल्यायो । यसले यथास्थितिवादी र अनुदारवादीहरूलाई परिवर्तित हुन बाध्य बनायो । २०४७ सालको संविधानले चुनावमा महिलाको पाँच प्रतिशत मात्र सहभागिताको सुनिश्चितता गरेको थियो । माओवादीले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकासहित सत्ताका सबै अवयवहरूमा ५० प्रतिशत अनिवार्य सहभागिताको कुरा गरेको थियो । यसैका कारण अन्तरिम संविधानमा ३३ प्रतिशत अनिवार्य ग¥यो । यो जनयुद्धको प्रतिफल हो । त्यसैले पहिलो संविधानसभामा महिलाहरूको एक सय ९७ जनाको उपस्थिति थियो । यो उपस्थिति विश्वको इतिहासमा पहिलो, धेरै र ऐतिहासिक रह्यो । अझ रोचक कुरा त के छ भने पुरानो राज्यबाट कमजोर बनाइएका महिलाहरूले पहिलो संविधानसभाको चुनावमा कयौँ ठाउँमा बलिया र शक्तिशाली पुरुष नेतालाई प्रतिस्पर्धामा हराएका थिए । उदाहरणका लागि बर्दिया १ चुनाव क्षेत्रमा नेकपा (माओवादी) की महिला नेत्री सरला रेग्मीद्वारा एमालेका केन्द्रीय उपाध्यक्ष वामदेव गौतम पराजित हुनुपर्यो।
यसरी महिला मुक्ति आन्दोलनलाई सशक्तीकरण गर्न इन्धनीकरण गरिरहेको महान् जनयुद्धको अन्त्यको घोषणा गरियो । आधारइलाका, जनसत्ता र जनमुक्ति सेनाको विघटन भयो । हिजोका जनयुद्धका महानायकहरू स्खलित हुँदै गए । उनीहरूले जनयुद्धले विकास गरेको क्रान्तिको समृद्धीकरण गर्न सकेनन् । क्रान्तिले विकास गरेको नयाँ समस्या र चुनौतीको सामना गर्न सकेनन् । उनीहरूले आवश्यक पर्ने कार्यदिशाको विकास गर्ने आँट गरेनन् । त्यसले एकातिर सिङ्गो क्रान्ति अगाडि बढ्न सकेन । क्रान्तिमा गत्यावरोध खडा भयो । मुख्य नेतृत्वमा वैचारिक विचलन उत्पन्न भएपछि आर्थिक र सांस्कृतिक रूपमा पनि स्खलन हुन थाल्यो । मुख्य नेतृत्वमा वर्गउत्थान भयो । सर्वहारा वर्गाीय चिन्तन राख्ने नेताहरू सम्भ्रान्त वर्गमा परिणत हुँदै गए । यसले सिङ्गो आन्दोलन, जनयुद्धद्वारा प्राप्त उपलब्धिहरू गुम्दै जान थाले । यसैको असर नेपाली महिला आन्दोलनमा प¥यो । जनयुद्धकालमा महिलाहरूले जुन अधिकार पाएका थिए, ती गुम्दै गए । जनयुद्धकालमा उठाइएका महिला मुक्तिका मुद्दाहरू सर्वहारा वर्गको पार्टी र आन्दोलनबाट खोसेर डलरको खेती गर्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले भ्रष्टीकरण गर्न थाले । हिजो जनयुद्धकालमा भएका अन्तरजातीय, जीवनसाथी गुमाएकाहरूबीचका पुनर्विवाहहरू तोडिँदै गए । पार्टी, सङ्गठन र सेनामा रहँदा महिला र पुरुषमा रहेको समानता पुनः असमानतामा बदलिन पुग्यो । समग्रमा नेपाली समाज पुनः पुरानै संस्कार, संस्कृति र रीतिरिवाजमा प्रतिगमन भयो।
एकीकृत जनक्रान्ति
आज पनि नेपालमा जनवादी क्रान्ति पूरा भएको छैन । जनवादी क्रान्ति पूरा गरी समाजवादको ढोका खोल्दै साम्यवादसम्म पुग्न नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्बन गर्ने निर्णय गरिसकेको छ । नेपालको सन्दर्भमा एकीकृत जनक्रान्तिका ६ वटा विशेषता रहेका छन्् ः गाउँँ र सहरबीचको भेद कम हुँदै जानु, नेपालको अवस्थिति भूराजनीतिक महŒवपूर्ण हुनु, जाति जनजाति, आदिवासीहरूबीच अन्तरघुलन हुनु, मध्यवर्ती तप्काको सङ्ख्या ह्वात्तै बढ्नु, देशभक्त शक्तिको उपस्थिति सबैतिर रहनु, दलाल पुँजीवादको प्रभुत्व बढ्दै जानु नेपाली क्रान्तिका लागि नयाँ विशेषता भएर आएका छन्् । एकीकृत जनक्रान्तिका आधारहरू मूल रूपमा सिङ्गो कम्युनिस्ट आन्दोलनको विगतको समीक्षा पनि हो । विगतको समीक्षाको मूल पक्ष भनेको सिर्जनशीलता र मौलिकताका नाममा माक्र्सवादका आधारभूत मान्यताबाट च्यूत हुनु र संशोधनवादी भासमा भासिन पुग्नु । माक्र्सवादको शुद्धता खोज्ने नाममा जडता र यान्त्रिकतामा फस्नु हो । यी दुवै सारमा संशोधनवाद हुन् भन्ने निष्कर्ष निकालिएको छ । जनयुद्ध र नेपालमा अहिलेसम्म भएका सशस्त्र र सशक्त आन्दोलनबाट पाठ सिक्दै अगाडि बढिएको छ । माक्र्सवादका आधारभूत मान्यतामा टेकेर अहिलेसम्म भएका क्रान्तिका नमुना मूल रूपमा माक्र्सवाद, माक्र्सवाद–लेनिनवाद र माक्र्सवाद–लेलिनवाद–माओवादका विशिष्ट विशेषताबाट पाठ सिक्दै र सार्वभौम विशेषतालाई नेपाली धरतीमा लागू गरेर मात्र एकीकृत जनक्रान्तिका माध्यबाट नेपालमा नयाँ जनवादी क्रान्ति गर्न सकिन्छ ।
महिला सेना निर्माणका आधारहरू
समाजमा निजी सम्पत्तिको उदयसँगै महिलामाथि शोषण र उत्पीडनको पनि सुरुआत भयो । आज २१ औँ शताब्दीमा आइपुग्दा पनि पुरानो राज्यव्यवस्थाबाट महिलामाथि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा शोषण, दमन कायमै राखेको छ । उदाहरणका लागि दिनदहाडै एसिड खन्याइनु, हाडनाताभित्र बलात्कृत हुनुपरेको छ । बोक्सीका नाममा दिसा खुवाउनु, जिउँदै आगोमा जलाइनु, छोरी जन्माएको आरोपमा श्रीमान्ले अर्को विवाह गर्नु, दाइजो नल्याएको नाममा कुटपिट गरिनु, बम्बैलगायत कोठीमा बेचिनु र कामको खोजीमा विदेशी भूमिमा जाँदा पनि घरमालिकबाट यौनशोषणमा पर्नु, आफ्नो सामान बिकाउने विज्ञापनको साधन बनाउनु आदि महिलामाथि शोषणका पुरानै रूपहरू हुन् । साम्राज्यवादले फैलाएको विकृत संस्कृतिका कारण महिलाहरूमाथि शोषण र उत्पीडनका नयाँ रूपहरू पनि देखापरेका छन्् । नेपालका सन्दर्भमा शान्तिप्रक्रियाको सुरुआतसँगै भित्रिएको चिकित्सा प्रविधिमा अल्ट्रासाउन्डको विकासले आमाको गर्भमा रहेको महिला भ्रूणहत्याको सङ्ख्या तीव्र भएको छ । निगम पुँजीको दबदबाले दक्ष महिलाहरूमाथि सभ्यताका नाममा अदृश्य उत्पीडन बढेको छ । शिक्षित महिलामाथि यौनशोषण यसको उदाहरण हो । पढेलेखेका महिलाहरूलाई पेसाको सुनिश्चितता गरिदिने नाममा उत्पीडन थोपरिएको छ ।
जनतासँग प्रत्यक्ष जोडिएको कारण
नेपालमा आधा हिस्साभन्दा बढी ५१ प्रतिशत महिला छन्् । भनिन्छ एकजना महिला शिक्षित हँुदा उसको सारा परिवार शिक्षित हुन्छ । यसको सकारात्मक र नकारात्मक प्रभाव वा असर सिङ्गो समाजलाई पर्नुका साथै तत्कालीन रूपमा मात्र होइन, दीर्घकालीन रूपमासमेत रहन्छ । प्रसङ्ग सेना निर्माण गर्दा वास्तविक जनताको प्रतिनिधिबाट कसरी ल्याउने र जनतासँग कसरी जोडिराख्ने भन्ने कुुरा महŒवपूर्ण हन्छ । महिला जनता पनि हो र जनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले जनमुक्ति सेनामा महिलालाई सहभागी गराउनु, भूमिका दिनु, समग्र जनताको विचार र भावनालाई बुझ्ने, प्रतिनिधित्व गर्ने र एकाकार हुने कुरा हो । यो सामान्य कुरा होइन । यो क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्ति रोक्ने सेना बनाउने कुरासँग पनि सम्बन्धित छ ।
विचलन र नेतृत्वको गद्दारी
विचार भनेको पार्टी र आन्दोलनको निर्णायक महŒवको विषय हो । सही विचार हुनु र नहुनुले आन्दोलनको विजय र पराजयको निर्धारण गर्छ । सही विचार कसरी पैदा हुन्छ त ? माओको भनाइमा वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट पैदा हुन्छ । माक्र्सवादी कोणबाट भन्दा वस्तुबाट चेतना पैदा हुन्छ । गलत विचारसँग लड्दै वर्गसङ्घर्षमा होमिएर मात्र सही विचारको जन्म र विकास भएको छ । माक्र्सवादको विकास नै सशोधनवादसँग लडेर भएको छ । विचार निर्णायक हुन्छ । तर नेतृत्वको प्रश्नलाई पनि कम आँक्नु हुँदैन । नेतृत्व भनेको नीति, योजना र कार्यक्रमको सङ्केन्द्रण हो ।
त्यसैले सही विचाार र नेतृत्व हँुदा नभएका चीजहरू प्राप्त गर्न सकिने, विचार गलत हँुदा प्राप्त उपलब्धिहरू क्षणभरमा गुमाउनुपर्ने कुरा जनयुद्धका १० वर्ष र शान्तिप्रक्रियाका केही वर्षको अनुभवबाट प्रत्यक्ष अनुभूत भएको छ । दस वर्षको जनयुद्धमा प्राप्त उपलब्धि खोसिँदा आन्दोलनमा रगत र पसिना बगाएर केही स्वतन्त्रता, न्याय र समानाताको अनुभूति गरेका शोषित–उत्पीडितहरू फेरि नारकीय जीवन बिताउन बाध्य भएका छन्् । यसले गर्दा अबको आन्दोलनमा पुरानो राज्यबाट शोषणदमनमा पारिएकाहरू (महिला, दलित, किसान), आन्दोलनमा आएको विचलन, धोका र गद्दारीबाट पाठ सिक्दै, सही विचार र सही नेतृत्व निर्माण गर्न सदैव सतर्क र होसियार रहने भएका छन्् ।
जनयुद्धबाट उत्पन्न चेतना
नेपाली जनयुद्धले जुन उचाइ हासिल ग¥यो, जुन उपलब्धि प्राप्त भयो, त्यसको तुलनामा आज हामीसँग भौतिक रूपमा नै धैरै कुरा छैन । तर महŒवपूर्ण कुरा जनयुद्धबाट प्राप्त चेतना (सकारात्मक र नकारात्मक) महिलाहरूको आफ्नो पँुजीका रूपमा सुरक्षित छन्् । जनयुद्धले हामीलाई धैरै (सङ्गठन, सत्ता, सेना बनाउन र परिचालन गर्न समाजको अन्तरविरोध चिनारी गर्न र हल गर्न । दुस्मन शक्ति चिन्न, आफ्नो शक्ति चिन्न अनि दुस्मनलाई पराजित गरी आफ्नो वर्गले विजय हासिल गर्न मालेमाको सिद्धान्तलाई व्यवहारमा लागू गर्नङ्घपर्ने) ज्ञान दिलाएको छ । महिलाको सन्दर्भमा भन्नुपर्दा वर्गीय मुक्तिबिना महिला मुक्ति सम्भव छैन भन्ने मुूल मान्यतामा रही वर्गगसङ्र्घषमा दृढतापूर्वक लागेर मात्र महिलाहरूको मुख्य शत्रु सामन्ती पितृसत्तावादी चिन्तनलाई परास्त गर्दै समग्र रूपमा महिलाको मुक्ति दिलाउन सकिन्छ ।
जनसङ्ख्याको आधार
२०५८ सालको जनगणना अनुसार नेपालको दुई करोड ३१ लाख ५१ हजार चार सय २३ जनसङ्ख्यामा महिलाहरूको सङ्ख्या एक करोड १५ लाख ८७ हजार पाँच सय दुई अर्थात् ५०.०५ प्रतिशत रहेको थियो । त्यसैगरी जनगणना २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौमा महिलाको जनसङ्ख्या १ करोड ३६ लाख ९३ हजार ३७८ अर्थात् ५१.४३ रहेको छ । यी दुईवटा तथ्याङ्कले एकातिर महिलाहरूको जनसङ्ख्या बढी छ भने अर्कोतिर यी दुई दशकको जनसङ्ख्यालाई हेर्दा महिलाहरूको जनसङ्ख्या बढ्दो क्रममा छ ।
सेना नभएको जनताको आफ्नो भन्ने केही हुँदैन । सेना निर्माण आवश्यक र अनिवार्य हुन्छ । अबको क्रान्तिमा कस्तो सेना हुन्छ ? सेना हुँदैमा न क्रान्ति सम्पन्न हँुदो रहेछ, न त प्रतिक्रान्ति रोकिँदो रहेछ त ? । यी अहम् महŒवका प्रश्नहरू हुन् । यस प्रश्नको जबाफ कम्युनिस्टका नाममा संसदीय व्यवस्था पक्षपोषण गर्दै र संसद्मा भत्तामा रमाउनेले चाहेर पनि सक्दैनन् । यसको जबाफ नेकपा माओवादीले मात्र दिन सक्छ र दिँदै आएको पनि छ । अब हुने नेपालको क्रान्ति एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरूप नयाँ ढगले अगाडि बढ्दछ । यही कार्यदिशा अनुुसारको सैन्य कार्यशिा बन्दछ र सैन्य कार्यदिशाबाट निर्देशित भएर मात्र सेना बन्छ । त्यसैकारण सेना नयाँ र भिन्न हुन्छ अर्थात् नेपालकै जस्तो हुन्छ । माओ र लेनिनकै सेना निर्माणको विषयलाई लिऔँ । र्माक्सको तरिकाबाट लेनिनले गर्नङ्घभएन र लेनिनकै तरिकाले माओले गर्नङ्घभएन । उहाँहरूले आफ्नो देशको सापेक्षतामा नयाँ गर्नुभयो । ती सेनाले महŒवपूर्ण भूमिका पनि निर्वाह गरे । अब नेपालमा बन्ने जनताको सेनाले पनि महŒवपूर्ण भूमिका खेल्नेछ । योसँगै अर्को प्रश्न जोडिएको छ । सेना बनाउँदैमा, सेना धेरै हँुदैमा क्रान्ति हुने र प्रतिक्रान्ति रोकिने त हँुदो रहेनछ त ? पक्कै पनि त्यो नहुने कुरा हो । नसक्ने कुरा पनि हो । पहिला त विचारले बन्दुक चलाउँछ, बन्दुकले विचारलाई होइन । विचार निर्णायक हुन्छ । सही विचार भएर मात्र सेना सेना बन्न र भूमिका पूरा गर्न सक्छ । दोस्रो, सेनालाई ब्यारेकीकरण गर्ने होइन, सधैँ प्रत्यक्ष जनतासँग जोडिराख्ने, निगरानी र नियन्त्रण गर्ने नीति र विधि अपनाउनुपर्छ । तेस्रो, सेनामा सहभागिता र भूमिका दिँदा समाजको शोषित–उत्पीडित वर्गलाई प्राथमिकता दिइनुपर्छ ।
–जनक्रान्ति, वर्ष १, अङ्क १, २०७२ जेठबाट
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.