पौष ३० , दाङ ।
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले नेकपाका महासचिव विप्लवलाई भेट्न कपिलबस्तु पुगेका छन् ।
शुक्रबार महराले नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताहरु भएको स्थानमा पुगेर भेटघाट गरेका छन् । नेकपा केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तु पुगेर नेता महराले विप्लव, प्रकाण्डसहितका शीर्ष नेताहरुसँग भेट गरेका हुन् ।
एकता लगायतका अन्य विषयमा भेटघाट होइन, उहाँ धेरैजसो विप्लवसँग भेटिरहने, कुराकानी गरिरहने नेता हो, अहिले पनि त्यही शिलशिलामै भेट भएको हो ’,नेकपाका एक नेताले बताए ।
विप्लव भेट्न कपिलवस्तु पुगेका महराले नेकपाको जनकम्युन , नमुना निर्माण कार्य , निर्माणाधीन पार्टीको केन्द्रीय कार्यालयको अबलोकन गरेको जनाइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.