कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक आजबाट शुरु भएको छ । पार्टी कामको मुल्यांकन र आगामी कार्ययोजना निर्माण गर्नका लागि बैठक हुन लागेको हो ।
नेकपाका स्थायी कमिटी सदस्य गुकुल सीले आज बिहान ९ बजेबाट कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा तेस्रो पुर्ण बैठक सुरु भएको जानकारी दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले निर्वाचित गरेको १ सय २६ सदस्यीय केन्द्रिय समितीको प्रथम बैठकले पार्टी महासचिव ,६ सदस्यीय स्थायी कमिटी र पोलिटब्युरो चयन गरेको थियो भने महाधिवेशन लगत्तै बसेको दोस्रो बैठकले मङ्सिर ४ गतेको संसदिय चुनावको खारेज गर्ने कार्यनीति सहित कार्ययोजना निर्माण गरेको थियो ।
नेकपाले गत असोज २५ देखि कार्तिक २ गते सम्म पार्टीको ऐतिहासिक नवौं महाधिवेशन कपिलवस्तुमा सम्पन्न गरेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.