भारतबाट आउने तरकारीलाई प्रतिबन्ध लगाउनु पर्छ : विप्लव

डेली न्युजराप्ती       ११ फाल्गुन २०७९ २०:३८ मा प्रकाशित     152 No Comments

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकाे नेतृत्वमा किसानहरुले भारतबाट आउने तरकारीलाई प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै यस्तो बताएका हुन् ।

उनलेे भने, ‘समाजवाद आयो भने हामी हाकिम हैन किसान नै भएर जानुपर्छ । एकीकृत जनक्रान्तिमा जनताले नेतालाई चिन्न पर्छ। हाम्रो पार्टीमा नयाँ सिस्टमको विकास गरेका छौँ। त्यसैले आर्थिक विषयमा र उत्पादनमा राम्रो विकास गरेर लैजानू पर्दछ ।
आत्मनिर्भताको सिद्धान्तलाई समात्नुपर्छ । देश उपनिवेशतिर जाँदैछ । यो सबै नेता कार्यकर्ताले थाहा पाउनु पर्छ । हामीले जनतालाई उत्पादन गर्ने तरिका सिकाउनु पर्छ । हाम्रो किसानले मुगुमा स्याउ रोपेर विकास गरेकाे देखाउनु पर्दछ । किसानले नयाँ विकास गर्नुपर्छ ।’

महासचिव विप्लवले नेपालका कुनै पनि पार्टीसँग आफ्नाे पार्टीको जति कुनै पनि भौतिक संरचना नभएको ठहर पनि गरे । पार्टीले अहिलेसम्म आफ्नै उत्पादनमा आफ्नै मेहनत गरेर बसेको, खाएको र पार्टीलाई कम्युनिस्ट पार्टीको रुपमा चिनाएकाे बताए ।

प्रचण्डले दुई तीन पटक सरकारमा गएर पनि विकास नगरेको बताए । उनले भने, ‘हामीले आफैले नयाँ प्रविधिको विकास गर्नु पर्छ । एक दिन यो दलाल पुजीवादी सत्ताको निमित्त क्रान्ति हुन्छ । समाजवादमा क्रान्ति गर्नेहरुको एकता हुन्छ । संकटको सामधान भनेको क्रान्ति हो ।’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नवौं महाधिवेशनपछि पार्टीले नयाँ ढंगबाट जाने निर्णय लिएको बताए । पार्टीले जन्म, मृत्यु संस्कृतिको बारेमा नयाँ तरिकाले बनाउने पनि पार्टीको घारणा भएको बताए । यो ६ महिनामा जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता हुनपर्ने समेत उल्लेख गरे ।

काङ्ग्रेस भनेको विदेशीको भत्ताको भरमा पालिएको जिगिर गर्दै संसारको नयाँ जातिको विकास एक मात्रै नेपाल कम्युनिस्ट पार्टीले गरेको दाबी गरे ।
महासचिव विप्लवको प्रमुख आतिथ्यतामा बसेकाे बैठकको संचालन किसान महासंघका संयोजक काली बहादुर सीले गरेका थिए । बैठकमा स्थायी समिति सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज सिलु सी, पाेलिट ब्युरो सदस्यहरु ध्रुव सी, विजय सी, सुशील सी, सल्लाहकार सन्ध्या सी, केन्द्रीय सदस्यहरु गणेश सी, पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार