प्रहरी प्रशासनलाई लघुवित्त पीडितको आन्दोलन दमन गर्न निर्देशन दिनु जनविरोधी कार्य हो: विप्लव

डेली न्युजराप्ती       २१ फाल्गुन २०७९ १३:१४ मा प्रकाशित     173 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले   प्रशासन र प्रहरीलाई लघुवित्त एवं चक्रब्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु हदै जनविरोधी एवं असैह्य कार्य भएको बताएको छ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। 

महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘देशमा लघुवित्त, मिटरब्याज र चर्को बैंक ब्याजले लाखौ जनताको जीवन प्रताडित छ । यिनीहरुको आतंक र दमन झेल्न नसकेर सयौं जना नागरिकहरुले ज्यान गुमाइसकेका छन् । हजारौं नागरिक सडकमा पुगेका छन् भने लाखौं असिमित पीडामा छट्पटाइरहेका छन् ।

कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरु संघर्षमा उत्रिएका छन् । उनीहरुले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् । विडंवना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरुको रक्षामा न्यायीक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एवं चक्रब्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु हदै जनविरोधी एवं असैह्य कार्य होे । हाम्रो पार्टी सरकारको यो कदमको घोर विरोध गर्दछ । साथै सरकार यो निर्णयबाट पछि फर्किन र जनताको माग पुरा गर्न माग गर्दछ ।

त्यसैगरी हाम्रो पार्टी दलाल पूँजीपतिवर्ग र विभिन्न नामका शोषक, चुसाहा संस्थाहरुका विरुद्ध पीडित नागरिकलाई न्यायपूर्ण संघर्षमा निरन्तर अगाडि बढ्न अपिल गर्दछ । पार्टी सधै जनताको न्यायपूर्ण संघर्षको साथमा  रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

जनताको जायज आवाजलाई सहयोग समर्थन गरेको कारण देशभरी हाम्रा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दा लगाइन थालिएको छ । जाजारकोटमा जिल्ला इञ्चार्ज तथा सीसीएम कमरेड पौरख सी, जिल्ला सेक्रेटरी कमरेड विराजन सी लगायत ५ जनालाई गिरफ्तार गरेर लुटपाटको झुट्टा मुद्दा लगाइदै छ । पार्टी देशैभरी पार्टी माथि भइरहेको दमन वन्द गर्न तथा गिरफ्तार कमरेडहरुलाई यथाशिघ्र मुक्त गर्न माग गर्दछ । अन्यथा संघर्षको जिम्मा लघुवित्त र राज्यले लिनु पर्ने छ ।  ‘

यस्तो छ महासचिव विप्लवद्वारा जारी विज्ञप्तीको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार