तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम् दाङले राष्ट्रका लागि संगीत अभियात्रा संचालन गरिरहेका जनवादी कलाकारहरुलाइ तुलसीपुरमा भव्य स्वागत गरेको छ ।
नेकपा पश्चिम दाङले आज तुलसीपुरको शितलपुरमा धनगढीमा सांगीतिक कार्यक्रम सम्पन्न गरि दाङमा फर्किएको संगित अभियात्राका जनवादी कलाकारहरुलाइ भव्य स्वागत गरेको हो ।
जनवादी कलाकारहरु माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, केशरी घर्तीमगर, उदय रिजाल, लक्ष्मण पाखीन नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरलाई तुलसीपुरमा भव्य स्वागत गरिएको नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभएको छ ।
जनवादी कलाकारहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सी , संगठनका केन्द्रीय सदस्य सुदर्शन सी , युवा संगठनका पश्चिम दाङका संयोजक दिपेन्द्र सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिजय सी र सेक्रेटरी शिव सी सहित नेकपा पश्चिम दाङका जिल्ला कमिटीका सदस्यहरुको उपस्तिथि रहेको थियो ।
यहि चैत १० गते दाङको घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कालाकार आउँने भएका छन् । राष्ट्रका लागि संगीत अभियात्रा अन्तर्गत जनवादी गायक शर्मासहितका कलाकारहरु घोराही आउने भएका हुन् ।
संगीत अभियात्राको आयोजनामा यही चैत १० गते घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक प्रस्तुतिका लागि शर्मासहितका १८ जना कलाकार दाङ आउन लागेका हुन् ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, केशरी घर्तीमगर, उदय रिजाल, लक्ष्मण पाखीन नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरको सांगीतिक प्रस्तुति रहने भएको छ ।
उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने कार्यक्रममा सहभागिता भइदिन सबैलाई अनुरोध गरिएको आयोजकले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.