काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले पार्टी स्थापना दिवस उत्सवका रुपमा मनाएको छ । काठमाडौंको खुल्लामञ्चमा बृहज जनसभाको आयोजना गर्दै शनिवार विप्लव नेतृत्वको नेकपाले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसलाई उत्सवका रुपमा मनाएकाे हो ।
७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभामा नेकपाले ७५ वटा झण्डा फहराउँदै, ड्रोन मार्फत ७५ औं स्थापना दिवस लेखिएको व्यानर उडाएर , पटका पट्काएर स्थापना दिवसलाई उत्सवका रुपमा मनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.