धर्मेन्द्र -शुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भयो : पाटन

डेली न्युजराप्ती       ३० बैशाख २०८० २२:३२ मा प्रकाशित     244 No Comments

बैशाख ३० , तुलसीपुर । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले धर्मेन्द्र -शुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भएको ठोकुवा गर्नुभएको छ।

आज शनिवार तुलसीपुरमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता पाटनले सो कुरा पुष्ठि भएको ठोकुवा गर्नुभएको हो ।

नेता पाटनले भन्नुभयो – ‘साम्राज्यवादले हाम्रो पार्टीलाई राजनीतिक , बैचारिक , आर्थिक र अन्तिममा भौतिक हिसाबले सिध्याउन चाहेको थियो तर त्यो सम्भव नभएपछि पार्टीले कार्यनीतिक रुपले स्वतन्त्र ढंगले स्थानीय चुनाव प्रयोग गर्ने कार्यक्रम बनाएपछी धर्मेन्द्र -शुदर्शन भागेका थिए । हामिलाइ चुनाव प्रयोग गर्दा संसोधनवादीको आरोप लगाएका धर्मेन्द्र-सुदर्शनहरुले २०६४ मै चुनाव प्रयोग गरेको पार्टी र पछि चुनावी मोर्चा बनाएका बैधसंग कसरी एकता गरे ? यसको जवाफ चाहिन्छ । बैधबाट फुट्दा बैध के कारणले गलत थिए?के कार्यनीति लिएका थिए? किन क्रान्ती गर्दैनथिए?त्यो स्पष्ट पार्नुपर्छ । क्रान्ती गरिरहेको पार्टीलाई अनेक आरोप लगाएर भागेका धर्मेन्द्र -शुदर्शनले सबै कुराको जवाफ दिनुपर्छ । अहिले पुष्ठी भएको कुरा के हो भने कुनै राजनीतिक , बैचारिक मतभेद भएर पार्टी फुटाएका थिएनन् । यो त साम्राज्यवाद इसारामा गरेका हुन् भन्ने स्पष्ट भएको छ।’

नेता पाटनले संसदीय व्यवस्था र यसका संचालकहरुका कारणले नेपाल गुलाम , श्रमिक , धनी राष्ट्रका मालिकका नोकरहरु जन्माउने देश जस्तो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘ नेपाल गुलाम जन्माउने देश जस्तो भएको छ । यो सबै दलाल पुजीवादी संसदीय व्यवस्थाका कारणले गर्दा भएको हो । आन्दोलन युवाहरुले गर्ने हो । संघर्ष युवाहरुले गर्ने हो । परिवर्तन युवाहरुको हातमा छ । युवा शक्तिलाइ सहि ढंगले परिचालन गरियो भने देश समृद्ध बनाउन सकिन्छ त्यसका लागि अहिले संसदीय व्यवस्थाको समुल नष्ट एकमात्र विकल्प हो ।’

संसदीय व्यवस्था दिनप्रतिदिन संकटमा फसिरहेको छ , उहाँले थप्नुभयो‘युवाहरुको काँधमा यो संकटग्रस्त व्यवस्थाका विरुद्ध संघर्ष गर्ने युगिन जिम्मेवारी आएको छ । यसका लागि संगठनलाई गाउँगाउँमा स्थापित र बिस्तार गर्न आवश्यक छ ।’

विश्वमा पुजीवाद संकटमा छ भने नेपालमा दलाल पुजीवादी संसदीय व्यवस्था चरम संकटमा छ । उहाँले थप्नुभयो,‘यो संकट पछ्याउन अहिले शरणार्थी प्रकरणलाई जोड दिइएको छ । हामी भ्रष्टाचार विरुद्ध राज्यको कदमको स्वागत गर्छौ तर के राज्यले ओम्नि , वाइडवडी , एनसेल काण्ड लगाएतका भ्रष्टाचारीलाइ कार्वाही गर्न सक्छ? कानुनको कठघरामा ल्याउन सक्छन त भन्दा सक्दैनन् त्यसैले यो केवल नेपाली जनताको ध्यान भड्काउन खोजिएको हो । व्यवस्थाको संकट टार्न रवीहरु उदाएका छन् । रवी अमेरिकी दलाल हुन् । नेपाली जनतामा संसदिय व्यवस्थाको कारणले पैदा भएको निराशा छोप्ने मात्रै हुन रवीहरुले ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार