काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा!

डेली न्युजराप्ती       ११ जेष्ठ २०८० ०८:०५ मा प्रकाशित     118 No Comments

दाङ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गरी भोटो देखाउने जात्राका अवसरमा बिहीवार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो।

गृह मन्त्रालयको सुचनामा भनिएको छ “वि.सं. २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार