नेकपा तुलसीपुर उपमहानगर द्वारा तुलसीपुर खानेपानी संस्थामा भइरहेको बिबिध गतिविधिप्रती गम्भीर ध्यानाकर्षण

डेली न्युजराप्ती       १० भाद्र २०७८ १३:३७ मा प्रकाशित     1533 No Comments


शिवराज वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा भइरहेको बिबिध गतिविधिप्रती आफ्नो जनप्रीय पार्टीको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस बिज्ञप्ति जारी गरि जनाएको छ।
तुलसीपुर उपमहानगर इन्चार्ज/सेक्रेटरी बिकाश द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ,”संस्थाको प्रगतिमा कुनै बाधा वा हिनामिना भएको छ भने साधारण सभामा प्रष्ट रुपमा राख्नुपर्ने र आलोचना गर्नुपर्ने हुदाहुदै पनि आन्तरिक रुपमा संस्थाको छलफल र बैठकबाट हल गर्नुपर्ने विषयहरुमा कार्यसमितिका सदस्यहरुबाट कुनै छलफल नगर्ने तर संस्थाकै विरुद्धमा लागेका केही व्यक्तिहरु संग मिलेर अख्तियार देखि अदालत सम्म धाउने प्रवृतिको हामि घोर निन्दा एवम भर्त्सना गर्दछौ”।
साथै बिज्ञप्तिमा संस्थाको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सबै राजनीतिक दल,स्थानीय सरकार,सरोकारवाला निकाय र उपभोक्ताहरुबिचमा सर्वपक्षीय छलफल गरि निकास निकाल्न पनि आग्रह गरिएको छ।त्यस्तै संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउन समेत बिज्ञप्तिमा आग्रह गरिएको छ।

बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार