नेकपा सल्यानको अभियान: जनताको सुख-दुखको साथी , नेपाल कम्युनिस्ट पार्टी!

डेली न्युजराप्ती       २६ जेष्ठ २०८० ०७:५१ मा प्रकाशित     151 No Comments

हेमन्त प्रकाश ओली ।
जेष्ठ २६ , दाङ । विप्लव नेतृत्वको नेकपा सल्यानले जनएकता अभियान – २०८० सुरु गरेको जनाएको छ ।
नेकपा सल्यानले जनताको सुख-दुखको साथी नेपाल कम्युनिस्ट पार्टी भन्ने मुल नाराका साथ जिल्लाव्यापी अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत सो पार्टीले कपुरकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न गरेको छ । हिजो बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम भेलाले गाउँपालिकाको सेक्रेटरीमा क.बसन्त सीलाइ निर्वाचित गर्दै ९ सदस्यीय गाउँकमिटी गठन गरेको छ ।
यस्तै जनएकता अभियान -२०८० अन्तर्गत जिल्लाका सबै पालिकाका भेला/सम्मेलनहरु गर्ने , राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने , ध्रुवीकरणलाइ व्यापक जोड दिने , राष्ट्रघात , भ्रष्टाचार , महंगी र वैदेशिक हस्तक्षेपका विरुद्ध गाउँगाउँमा भण्डाफोर गर्ने लगाएतका कार्यहरु गर्ने नेकपा सल्यानका सचिव मदन सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार