हेमन्त प्रकाश ओली ।
जेष्ठ २७ , दाङ । नेपाल कम्युनिष्ट पार्टी पश्चिम दाङ जिल्ला समितिले यो वर्ष करिव ५ बिघा जमिनमा खेती गर्ने निर्णय गरेको छ ।
नेकपा पश्चिम दाङले आज जग्गाको अनुगमन गर्दै ५ बिघा जमिनमा पार्टीको आफ्नै लगानी र श्रममा खेती गर्ने जानकारी दिएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको नेतृत्वको टोलिले शनिबार तुलसीपुर -१४ स्थित ड्वाङपुरमा ३ बिघा जमिनमा लगाएको मकै खेती र तुलसीपुर -१५ स्थित कन्ज्वारमा धान खेतिका लागि लिइएको २ बिघा १० कठ्ठा जमिनको अनुगमन गरेको हो ।
पार्टीको केन्द्रीय नीति अनुसार आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता-कार्यकर्ताको नीति अनुरुप प्रत्येक वर्ष उत्पादन कार्यलाइ प्रभावकारी ढंगले सञ्चालन गरिरहेको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रदिप सीले डेलिन्युजराप्तीलाइ जानकारी दिनुभएको छ ।
उनले भने – ‘हामी एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेका छौँ । वैज्ञानिक समाजवाद उत्पादनमा टिक्ने व्यवस्था हो । हामी अहिलेदेखि नै आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनाका साथ अगाडि बढेका छौँ । हामिले कम्युनपनि चलाइरहेका छौँ । हामी छिट्टै पार्टीलाइ आत्मनिर्भर बनाउने गरि काम गरिरहेका छौँ ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.