तुलसीपुर । तुलसीपुर ९ बेलुवा स्थित सप्तरङ्गी इङलिस स्कुल (सक्सेस एकाडेमि ) मा राष्ट्रिय धान दिवसको अबसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । सधै जसो पढाई लेखाइमा व्यस्त हुने बिद्यार्थीहरु हिजो असार १५ गते खेतमा धान रोप्ने काममा लागिरहेका थिए । प्राबि तह सम्मका विद्यार्थीहरु भने बिद्यालयको परिसरमा बोट बिरुवा रोप्नमा लागी परेका थिए । हातमा कुटो कोदालो लिएर कृषि कार्यमा दिनभरजसो सक्सेसका विद्यार्थीहरु श्रममा लागीरहे। प्रयोगात्मक र सिपमुलुक शिक्षामा जोड दिदै आएको बिधालयले धान दिवसको अबसरमा बिद्यार्थीहरुलाइ कृषि कार्यमा आबद्ध गरिएको जानकारी बिद्यालयका प्रअ प्रदीप वलीले दिएका छन् । वलीले नेपाल जस्तो कृषिप्रधान देश आफैमा कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु दु:खद कुरा रहेको भन्दै बालबालिकाहरुलाइ सानै उमेर बाट नै कृषि सिप सिकाउनुका साथै कृषि कार्यप्रति सकारात्मक बनाउनका लागि धान दिवस विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।
बिधालयका सहायक प्रअ गोपाल गिरीका अनुसार कार्यक्रममा धेरैजसो बिद्यार्थीहरुले पहिलोपटक धान रोपेको अनुभव सुनाएका थिए । रोपाइपछी आयोजना गरिएको दही चिउरा खाने कार्यक्रममा कृषि र किसानको महत्त्वको बारेमा बिधालयका माबि संयोजक बिमल नेपाल, पुर्ब प्राबि संयोजक यमुना पुन र शिक्षक नदु खरालले आ-आफ्नो भनाइ राखेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.