समाजवादी मोर्चाको प्रथम बैठक : ७ प्रदेशमा कार्यक्रम गर्ने निर्णय

डेली न्युजराप्ती       २३ असार २०८० २१:५९ मा प्रकाशित     167 No Comments

काठमाडौं । समाजवादी मोर्चा नेपालको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले बैठकको अध्यक्षताकाे माेडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ ।

नेकपा स्थायी समिति सदस्य प्रकाण्ड , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ कार्यदलका सदस्य रहेका छन् ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने नेकपा प्रवक्ता प्रकाण्डले बताए ।

यस्तै हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६-६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार