शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा ठप्प,मृतकका आफन्तद्वारा प्रतिष्ठानमा धर्ना

डेली न्युजराप्ती       २९ असार २०८० १८:२३ मा प्रकाशित     154 No Comments

घोराही । मृतकका आफन्तले धर्ना दिदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा शुक्रबार ठप्प भएको छ ।
बिहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी १० बर्षीय आक्रोस नेपालीको प्रतिष्ठानमा मृत्यु भएपछि आफन्तहरुले आज शुक्रबार प्रतिष्ठानमा धर्ना दिएका हुन् ।

नेपालीको मृत्यु एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण भएको भन्दै पीडितका आफन्तहरु दोषीलाई कारवाहीसँगै क्षतीपूर्तीको माग गर्दै आन्दोलित भएका छन् । सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले प्रतिष्ठानको काउन्टरमा धर्नामा बसेका हुन् ।

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका विरामीहरु समस्यामा परेका छन् ।

बालकको मृत्युको विषयमा छानविन समिति बनाउनेसँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहेपनि पीडित पक्षको माग अनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको पीडित पक्षले जानकारी दिएको छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग बार्ता जारी रहेपनि कुनै समाधान हुन नसकेको बताएको छ । क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका नेपालीको एमआरआई गर्ने क्रममा अक्सिजन सिलिण्डरको ग्यास लिक हुँदा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार