अखिल (क्रान्तिकारी) कोशी ब्यूरोद्वारा CTEVT प्रदेश कार्यालय घेराउ

डेली न्युजराप्ती       १ श्रावण २०८० २१:३३ मा प्रकाशित     217 No Comments

साउन १ , दाङ । अखिल ( क्रान्तिकारी ) कोशी ब्यूरोले सुनसरीको इटहरीमा रहेको CTEVT कोशी प्रेदश कार्यालय घेराउ गरेको छ ।
CTEVT द्वारा PCL Nursing, HA, Diploma in Pharmacy मा गरिएको चर्को शुल्क विरुद्व अखिल ( क्रान्तिकारी ) को केन्द्रिय कार्यक्रम अनुसार CTEVT कोशी प्रदेश कार्यालय घेराऊ कार्यक्रम अखिल ( क्रान्तिकारी ) कोशी ब्युरो ईन्चार्ज ललिजङ सीको उपस्थितिमा सम्पन्न भएको हो ।

अखिल ( क्रान्तिकारी ) कोशी ब्युरो ईन्चार्ज ललितजंग सीले वृद्वि गरिएको शु्ल्क फिर्ता नलिए थप संघर्षमा जाने र अन्तिम सम्म पनि विधार्थीले न्याय नपाएसम्म शैक्षिक माफियासंग लड्ने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार