‘दर्शनमा विकास गर्दा गालिगलौज गर्नेहरु विचारको बन्ध्याकरण गरेर बसेका जडसुत्रवादी हुन्’

डेली न्युजराप्ती       १० श्रावण २०८० १०:११ मा प्रकाशित     384 No Comments

मिसन आत्मनिर्भर उत्पादन र समाजवादी मोर्चाको भाइब्रेसन -२
एक -जडसुत्रीय सुन्यवादी कुन्ठा,रोष ,आग्रह ,विक्षिप्तता,बेचैनी र गालीगलौज वाट विकसित हुने लक्षणहरुको गुजुल्टो `जडसुत्रीय वमन सिन्ड्रम´जस्तो गम्भीर समस्याले स्वघोषित क्रान्तिकारी मित्रहरुमा आघात पैदा भएको देखियो ।

दुई -संसदीय रसातलको रस चुसिरहेका,केहि रैथाने माओवादी ( प्रचण्ड कमरेडको शब्दमा ) हरुमा विकसित रिस,डाह,आग्रह कुन्ठा छट्पटी र चिच्याहटमा प्रकट भैरहेको संसदीय जोकरहरुको `स्वार्थी गठजोड´ले पनि समाजवादी मोर्चा विरुद्ध मिलीभगत गरेको देखियो ।

तीन-भौतिकशास्त्रीहरु आइन्स्टाइन र म्याक्स प्ल्याङ्कले ब्रह्माण्डको स्थुल गति र सूक्ष्म गतीका पत्ता लगाएका नियमहरु पनि अन्तरविरोधी देखिएपछि भौतिकशास्त्री हकिङ्ले बुझे – अर्को नियम हुनुपर्छ , जसले विश्व-ब्रह्माण्डको पदार्थको गतिको नियमलाइ समग्रतामा व्याख्या गर्न सकोस् । त्यसलाई सम्बोधन गर्न उनले थ्योरी अफ एभ्रिथिङ ´ल्याए ।यो खोज अझै चलिरहेको छ तथापि उनले इलेक्ट्रो -म्याग्नेटिक वेभ्समा आधारित क्वान्टम थ्योरी र जनरल रिलेटिभिटी तथा थ्योरी अफ ग्राभिटेसनबाट क्वान्टम ग्राभिटी´ भन्ने अवधारणा ल्याए जसको परिक्षण प्रयोग र विकास लगातार भैरहेको छ ।
मार्क्सको पालासम्म मुख्यरुपमा ग्यालिलियो,न्युटन र डार्विनको विज्ञानमात्र विकास भएको थियो र संसारलाइ तिनकै घेराभित्र वाट मात्र बुझ्न सकिन्थ्यो । प्रविधिको क्षेत्रमा मार्क्स बित्नुभन्दा केही वर्षपहिले मात्र ग्राहम बेलले १८७६ मा टेलिफोनको पेन्टेट , थोमस एडिसनले १८७९ मा बिजुली बल्बको पेन्टेट र मार्क्स वितेको तीन वर्षपछि १८८६ मा कार्ल बेन्जनले अटोमोबाइलको पेन्टेट दर्ता गराएका थिए । त्यसैले तिनले समाज र अर्थतन्त्रको विकासमा पारेको गुणात्मक प्रभाव मार्क्सले अध्ययन गर्न पाउने कुरै भएन । सापेक्षतावादको युगान्तकारी सिद्धान्त पत्ता लगाउने आइन्सटाइन भर्खर (१९७९) जन्मेका थिए ।त्यसैमा आधारित भएर बिग ब्याङ्गको रुपमा ब्रह्माण्डको उत्पत्ति र यसका सबै नियमहरुको वैज्ञानिक पुष्टि भएको हो । त्यसरी नै क्वान्टम सिद्धान्तको आविष्कार र त्यसमा आधारित डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको विकासले वर्तमान विश्वमा ल्याएको उथलपुथल मार्क्सपछिको युगीन परिवर्तनका अति महत्त्वपूर्ण परिघटना हुन् । मार्क्सपछी विकसित भएका क्वान्टम यान्त्रिकीका अनिश्चितताको सिद्धान्त र मानव जीवकोषिका मापनमा देखिएको मुलभुत समानताभित्र उल्लेखनीय भिन्नताहरु र समाजविकासको क्रममा देखिएको आम समानताभित्रका ठोस असमान मार्गहरुले द्वन्दवादी विकासको सिद्धान्तलाई थप विकसित गर्नैपर्ने देखिन्छ ।
यता मार्क्सवादलाइ धर्मशास्त्रझै अपरिवर्तनीय जडवस्तुमा बुझ्ने धर्माशास्त्रीहरुले आजको गतिशील समाजका नयाँ अन्तरविरोध हल गर्न नयाँ नियमको अवधारणा प्रस्तुत गर्ने नेकपाका महासचिव विप्लव सीलाई चर्कोस्वरमा गालीगलौज गरेर आत्मरती लिने प्रयत्न गरेको देखियो ।भौतिक जगत र सामाजिक जगतको गति तथा विकासका कतिपय आम र कतिपय ठोस नियम हुन्छन् । तिनलाई इतिहासको विकासक्रममा खास व्यक्तिहरु वा उनीहरुको समुहले पत्ता लगाउछ्न वा शलेषण गर्छन् । जसलाई हामी दर्शन , विचार , ज्ञान सिद्धान्त भन्छौं । द्वन्द्वात्मक भौतिकवादका पुराना नियम समातेर नयाँ समाजका नयाँ अन्तरविरोध हल हुनै सक्दैनन् , नयाँ नियमको विकास गर्नै पर्छ। नयाँ अवधारणा पेश गर्ने विप्लव सीलाई गालीगलौज गर्नेहरु विचारको बन्ध्याकरण गरेर बसेका जडसुत्रवादी र संसदीय व्यवस्थाको रस चुसिरहेका नपुंसक मनुवाहरु मात्र हुन् ।

चार- समाजवादी अभियन्ताहरुको एकीकृत फौजले यी सारा फत्तुरहरु लाई नकाम बनाउदै अगाडि बढ्छ।,
१०श्रावण २०८०।

(नेकपाका नेता सविन सीको फेसबुक वालबाट)

लेखक :सविन सी नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार