नेकपा पश्चिम दाङद्वारा अविरल वर्षातको प्रवाह नगरी एमसिसी विरुद्ध वालिङ(फोटोफिचर)

डेली न्युजराप्ती       ६ भाद्र २०८० २०:०२ मा प्रकाशित     335 No Comments

भदौ ६ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी कार्यान्वयनका विरुद्ध तुलसीपुर , बबई गाउँपालिका , शान्तिनगर , दंगिशरण गाउँपालिकामा वालिङ गरेको छ ।

नेकपाका नेता-कार्यकर्ताले बुधबार बिहानैदेखी पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत ठाउँठाउमा वालिङ गरिएको सो पार्टीले जनाएको छ ।

नेकपाका महासचिव विप्लवले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै एमसिसि सम्झौता कार्यान्वयन विरुद्ध प्रतिरोध संघर्षमा उत्रिन अपिल गर्दै देशव्यापी चरणबद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

उक्त केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा एमसिसी सम्झौता विरुद्ध भित्तेलेखन गरिएको नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले बताए।

एमसिसी सम्झौता खारेज गर , गो ब्याक अमेरिका , नो एमसिसी , अमेरिकी साम्राज्यवाद मुर्दावाद लगाएतका नाराहरु लेखेर वालिङ गरिएको नेकपा पश्चिम दाङले जनाएको छ ।
केन्द्रीय कार्यक्रम अन्तर्गत भोलि तुलसीपुर , दंगिशरण , शान्तिनगर , बबई गाउँपालिकाका मुख्यमुख्य चोकहरुमा एमसिसिको पुत्ला दहन गरिने नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले जानकारी दिएका छन् ।

महासचिव विप्लवद्वारा हस्ताक्षरित बक्तब्यका अनुसार भदौ ६गते देशव्यापी वालिङ,७गते एमसीसीको पुत्ला दहन , ८गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन ,९ गते गाउँगाउँमा जागरण प्रचार ,१०गते देशव्यापी जनप्रदर्शन,११गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

वक्तव्यमा अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसदले पास गरेको १२बुँदे टिप्पणीप्रति पनि कुनै वास्ता गरेन । यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य छ भन्दै `यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ र नागरिकहरु पछुताउनु पर्नेछ । यसबारे नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, बुद्धिजीवी, नागरिक अगुवा सबै सचेत हौं भन्ने हाम्रो धारणा छ । हामी जो जहाँ छौं त्यहीबाट यो राष्ट्रघाति सम्झौताका विरुद्ध आवाज उठाऔं, संघर्ष गरौं र एमसीसीलाई असफल पारौं । हाम्रो पार्टी देशमाथि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी शासक गूटका विरुद्ध सम्पूर्णरुपले प्रतिरोध संघर्षमा उत्रिने जानकारी गराउँदछौं´समेत भनिएको छ।

फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार