दाङ, १६ भदौ । तुलसीपुरमा एक तेल मिलमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को गणपति तेल मिलमा आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट मानविय क्षति हुन भने नपाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
आगलागी गएराती करिब १ बजेतिर भएको हो । आगो करिब २ घण्टामा नियन्त्रणमा आएको हो । तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा आएको डिएसपी मल्लले बताउनुभयो ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.