दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिको बैठक बुधबार सम्पन्न भएको छ।
पार्टीको घोराहीस्थित धान उत्पादन केन्द्रमा बसेको बैठकले संगठनको जिल्ला सम्मेलन आगामी पुस १९ गते गर्ने निर्णय गरेको छ ।
अखिल (क्रान्तिकारी)पूर्वी दाङ जिल्ला कमिटी संयोजक दिपक सीको अध्यक्षतामा सुरु भएको बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इन्चार्ज सविन सी रहनु भएको थियो।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ पूर्वी जिल्ला इन्चार्ज सम्झना सी, नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सी,अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् त्रि वि ब्यूरो इन्चार्ज अनिल सी,नेकपा तुलसीपुर नगर कमिटी इन्चार्ज विजय सी,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य खुमन सी,अखिल क्रान्तिकारी पश्चिम दाङ जिल्ला संयोजक नवीन सीको आतिथ्यता रहेको थियो ।
संगठनको २३ औं राष्ट्रिय सम्मेलन लाई भब्य बनाउने तयारी स्वरुप आगामी असोज २० गते देखि मङ्सिर ३० सम्म पालिका सम्मेलन गरिसक्ने र पुस १९ गते दाङ पूर्व जिल्लाका सम्मेलन गर्ने निर्णय लिएको छ। देशकै नमुना संगठन बनाउन सबै क्याम्पस कलेज ,विद्यालयहरुमा संगठन विस्तार लाई तीव्रता दिने निर्णय लिएको संगठनले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.