दाङ । देउखुरी बहुमुखी क्याम्पस लमहीबाट निलम्बित क्याम्पस प्रमुख शेषमणी गौतम समितिको निर्णय बिना क्याम्पसमा हाजिर भएकोप्रति नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका दाङ जिल्ला क्षेत्र नम्बर ३ का सेक्रेटरी अल्फा सीले बुधबार एक विज्ञप्ति जारी गरि सो ध्यानाकर्षण गराएका हुन् ।
पूर्व क्याम्पस प्रमुख गौतमले एक छात्रामाथि बलात्कार गरेको आरोपमा मुद्धा दर्ता भई जेल चलान भएको अवस्थामा राजनैतिक, आर्थिक चलखेलको कारण अदालतबाट मुद्धा सफाई पाएको र निज गौतम कारागारबाट छुटेर अदालतको फैसलाको पूर्णपाठ नआउँदै व्यवस्थापन समितिलाई समेत बेवास्ता गरी क्याम्पस सञ्चालक समितिको निर्णय बिना नै विधि प्रकृया विपरित हाजिर भएको विज्ञप्तिमा उल्लेख छ ।
साथै बलात्कृत भनिएकी छात्राले न्याय नपाएको अवस्थामा यस्तो गतिविधि प्रदर्शन नगर्न सम्बन्धी पक्षलाई पार्टीले चेतावनी दिदै आम विद्यार्थी अभिभावक, मानव अधिकारवादी, नागरिक समाज र सचेत जनतालाई सत्यतथ्य पत्ता लगाउन अनुरोध समेत गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.