भुकम्प पीडितलाई राहत वितरण गर्न विप्लव सुदूरपश्चिमको यात्रामा

डेली न्युजराप्ती       २७ आश्विन २०८० ०७:२२ मा प्रकाशित     240 No Comments

बाँके: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लागेका छन् ।उनी शुक्रवार नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लागेका हुन् ।उनले गत साता बझाङमा गएको भुकम्पले पीडित भएका घरपरिवारहरुलाई असोज २८ गते  भोलि राहत वितरण गर्ने कार्यक्रम छ । नेकपा महाकाली व्यूरोको आयोजनामा राहत वितरण गर्न लागिएको नेकपाले जनाएको छ ।

भुकम्प पीडितसँगै नेकपाका महासचिव विप्लवले इजरायलमा हमासको कार्वाहीमा परी ज्यान गुमाएका बझाङका एक जना विद्यार्थीको घरमा समेत भेटघाट गरी सान्त्वना दिने कार्यक्रम रहेको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।यस्तै बझाङको राहत वितरण तथा भेटघाट कार्यक्रमपछि नेकपा महासचिव विप्लव समाजवादी मोर्चा नेपालले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको असोज २९ गतेको सन्देशसभालाई समेत सम्वोधन गर्ने कार्यक्रम छ । महासचिव विप्लव सुदूरपूर्वको महत्वपूर्ण भेटघाट तथा यात्रा लगत्तै सुदूरपश्चिमतिरको भेटघाट तथा यात्रामा लाग्नु भएको हो । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार