एजेन्सी
फ्रान्स सरकारले धूमपान विरोधी नयाँ योजना ल्याएको छ । यस योजनाले देशमा धूमपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखेको छ ।
योजनाअनुसार धूमपान नगर्ने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना बढाउने बताए ।
धूमपान गर्नेलाई कति जरिवाना लाग्ने हो भन्ने अझै खुलाइएको छैन । विशेष गरी युवाहरूलाई धूमपान गर्नबाट रोक्न र धूमपान गर्नेहरूलाई धूमपान छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो ।
धूमपान नगर्ने क्षेत्र समुन्द्र तट, पार्क, बगैंचा, वन र विद्यालय वरपर रहेको छ । फ्रान्समा धूमपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.