अमेरिकाको दासतामा बाच्नुभन्दा क्रान्तिकारी युवाहरुले राइफल बोक्न तयार हुनुपर्छ : प्रदिप सी

डेली न्युजराप्ती       १७ माघ २०८० १८:४६ मा प्रकाशित     255 No Comments

हेमन्त प्रकाश ओली ।

माघ १७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले अमेरिकाको दासतामा बाच्नुभन्दा क्रान्तिकारी युवाहरुले राइफल बोक्न तयार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

युवा संगठन नेपाल तुलसीपुरको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रदिप सीले भने– ‘ एमसिसी प्रोजेक्ट मार्फत नेपालमा अमेरिकी साम्राज्यवाद आइपुगेको छ। अहिलेसम्म कसैको गुलाम नभएको मुलुक , कसैको दासतमा नबाँचेका हामी नेपालीहरुलाइ अमेरिकाले दास बनाउदैछ । अमेरिका एमसिसीको विकासी योजनाको नाममा विष लिएर आइरहेको स्पष्ट छ । अब नेपालका क्रान्तिकारी युवाहरु अमेरिकाको दासतमा बाँच्ने कि बिद्रोही बन्ने , राइफल बोक्ने ? छान्ने बेला आइसकेको छ । हामिले राइफल बोक्ने आँट गरेनौ भने अमेरिकाले यो मुलुकलाइ हेर्दाहेर्दै युक्रेन बनाउनेछ ।’

नेता प्रदिपले राष्ट्रिय स्वाधीनता बचाउनका लागि नेपालका लाखौंलाख क्रान्तिकारी युवाहरु सेना बन्न तयार हुनुपर्छ , उनले भने ‘ हामी युद्धको कहिलै चाहना राखेनौ । हामी युद्धको पक्षपाती होइनौं तर हामी कम्युनिस्टहरु कसैको दासतमा बाँच्ने कुरा सोच्न सक्दैनन । जनयुद्ध गर्दापनि हामीले हतियार उठाएका होइनौं , शान्तिपुर्ण ढंगले अधिकार माग्दा दमन चलाएपछी हामिले प्रतिरोध गरेका हौं । अहिलेपनी हामिले यो व्यवस्थाले नेपाली जनताको भाग्य र भविष्य फैसला गर्न सकेन यसलाई बदलौँ भनेकै छौँ तर राज्यले हामिलाई दुई वर्ष प्रतिबन्ध लगायो तर हामी झुकेनौ प्रतिरोध गरेका हौं । अमेरिकाले विकासको नाममा एमसिसी मार्फत विनास बोकेर आएकाले त्यसलाई कुनैपनी हालतमा लागु हुन दिदैनौँ ।’

नेता प्रदिपले पछिल्लो समय केही प्रतिगामी शक्तीका मतियारहरुले योजनाबद्ध ढंगले पार्टीमाथी हमला गर्न खोजेको बताए । उनले भने– ‘ साम्राज्यवादी शक्ति , दलाल पुजीवादी राज्यव्यवस्था र केही प्रतिगामी शक्तीहरु पार्टीका विरुद्ध योजनाबद्ध ढंगले लागिपरेका छन् । राज्यले पार्टीसंग गरेको तीन बुदे सहमती अहिलेसम्म लागू गरेको छैन् । यी सबै घटनाले हामीमाथी चौतर्फी घेराबन्दी छ तर नेकपा जनताको बिचमा भएको शक्ति हो । जनता नेकपाको साथमा छन् , कसैलेपनि नेकपालाई सिध्याउने दिवा सपना नदेखे हुन्छ ।’

समाजवादी व्यवस्थाका लागि एकपटक नेपालका सबै युवाहरु  एकपटक एकीकृत जनक्रान्तीमा लामबद्ध हुनुपर्ने बेला आएको नेता प्रदिपको भनाई थियो ।

यस्तै युवा संगठन नेपालको दोस्रो नगर सम्मेलनलाई शुभकामना व्यक्त गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा राप्ती ब्युरो कार्यालय सचीव विकाश सीले अमेरिकी साम्राज्यवादले नेपाललाई युद्धभुमी बनाउन खोजेकाले त्यसको प्रतिरोध गर्न युवाहरु एकपटक साम्राज्यवादका विरुद्ध डटेर लड्नुपर्ने धारणा राखेका थिए ।

नेता विकाशले नेपालका लाखौंलाख श्रमजीवी युवाहरुले समयमै साम्राज्यवादको षड्यन्त्र नबुझे यो देश युक्रेन बन्ने जिकिर गरे । उनले भने-‘ अमेरिका एमसिसी मार्फत नेपाल प्रवेश गरिसकेको छ । अमेरिकाले नेपालमाथी गम्भीर षड्यन्त्रको बिज रोपेको छ । हामिले समयमै अमेरिकाको षड्यन्त्र बुझेनौ भने यो मुलुक अहिलेको युक्रेन जस्तो बन्छ ।’

नेता विकाशले केही प्रतिगामीहरुले पार्टीका नेताकार्यकर्ता विरुद्ध गम्भीर प्रकारका अभिव्यक्ति दिइरहेकाले त्यो नसच्याए नेकपाले इटको जवाफ पत्थरले दिने चेतावनी समेत दिएका  हुन् ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा पश्चिम दाङका सचिव निर्मल सीले नेपाली युवाहरु एकपटक क्रान्तीमा सहभागी भई समाजवादी व्यवस्थाका लागि जुझारु ढंगले संगठित हुनुपर्ने बेला आएको बताए ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै युवा संगठन नेपालकि राप्ती ब्युरो इन्चार्ज जिवनी सीले अहिलेको राजनीतिक परिस्थिति फेरिएकाले क्रान्तिकारी युवाहरु चनाखो हुनेबेला आएको बताइन् । उनले भनिन् -‘ साम्राज्यवादले जतिबेला पनि हमला गर्ने षड्यन्त्र गरिरहेको छ त्यसको कठोर प्रतिरोधका लागि नेपालका लाखौं युवाहरु तयार हुनुपर्ने छ । हामी जाँड , रक्सी , कुलतमा नफसेर देश र जनताको लागि लड्नुपर्छ , क्रान्ती गर्नुपर्छ ।’

यो देशका दलालहरुले सारा युवाहरुलाई बिदेश लखटेर युवाविहिन बनाउन षड्यन्त्र गरिरहेको छ । हामी हाम्रो हक र अधिकारका लागि लड्नुपर्छ , उनले भनिन् ।’

कार्यक्रममा सबै जवस/ मोर्चाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सीले नेपालको दलाल पुजीवादी राज्यव्यवस्थाका कारणले लाखौं युवाहरु भौतारिनु परेको बताए । उनले भने– ‘नेपालको अहिलेको सत्ताका कारण लाखौं युवाहरु घरबारविहिन भएका छन् । बिदेशी मरुभूमिमा भौतारिरहेका छन् । युवाहरु रोजगारविहिन हुँदै कुलतमा फसेका छन् । यसमा यहाँका श्रमजीवी युवाहरुको दोष छैन । यो राज्यव्यवस्थाले नै युवाहरुलाई कुलतमा फसाइरहेको छ ।’

नेता रुद्रले गाँस , बास , कपास , शिक्षा , स्वास्थ्य , रोजगारको ग्यारेन्टी हुने समाजवादी व्यवस्थाका लागि एकपटक युवाहरु एकीकृत जनक्रान्तीमा सहभागी हुनुपर्ने बताए ।

युवाहरु भनेका उदाँदा शुर्य हुन , उनले थपे ’ युवाहरु अनुशासित ढंगले क्रान्तिकारी यात्रामा लामबद्ध हुनुपर्छ । हाम्रो युवाशक्ती अनुशासित हुनुपर्छ । उनिहरु अनुशासित , मेहनती र जुझारु क्रान्तिकारी भइराख्नुपर्छ ।’

नेकपाका केन्द्रीय सदस्य प्रदिप सीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा नेकपाका जिल्ला सेक्रेटरी निर्मल सी ,क पार्टीका केन्सद्रीय प्रतिनिधि सदस्य विकाश सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , नेकपाका तुलसीपुर नगर इन्चार्ज भुवन सी , गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका इन्चार्ज रुद्र सी , नेकपा तुलसीपुरका सेक्रेटरी शिव सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , युवा संगठन नेपाल पश्चिम दाङका अध्यक्ष आकाश सी , किसान महासंघका केन्द्रीय सदस्य बिजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , नेकपा पश्चिम दाङका जिल्ला सदस्यहरु भरत सी , प्रतिरोध सी , मनोज सी , कमला सी , धर्ती सी, नवीन सी लगाएतको आतिथ्य रहेको थियो ।

यस्तै युवा संगठन नेपाल तुलसीपुर नगरको तेस्रो सम्मेलनले गणेश चन्दको अध्यक्षतामा १७ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रदिप चौधरी , सचिवमा बिजय नेपाली , सह-सचिवमा नवीन परियार , कोषाध्यक्षमा रियान जिवि रहेका छन् भने सदस्यहरुमा अन्जु महरा , बिमला घर्ती मगर , अनिल नेपाली , मोहन विक , करण छन्त्याल , आकाश ओली , राजन मगर , साजन , नरेश जंग रहेका छन् ।

युवा संगठन नेपाल पश्चिम दाङका अध्यक्ष आकाश सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नवनिर्वाचित कमिटीका अध्यक्ष गणेश चन्दले गरेका थिए भने सम्मेलनको सहजीकरण नेता कृष्ण सीले गरेका हुन् ।

सम्मेलनबाट नवनिर्वाचित नगर कमिटीलाई बधाई मन्तव्य नेकपा तुलसीपुरका इन्चार्ज भुवन सीले व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार