देशलाई निकास दिने पार्टी भन्दै ६० बढि मजदुरले गरे विप्लवको पार्टीमा प्रवेश

डेली न्युजराप्ती       १५ जेष्ठ २०८१ २३:०४ मा प्रकाशित     276 No Comments

 शाहस भट्ट

चितवन – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको उद्घाटन सत्रमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना भन्दाबढी नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन्।

मङ्गलबार चितवनको नारायणगढमा जारी खुल्ला सत्र चलिराख्दा अबको देशको नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै नेकपामा ध्रुवीकृत भएका हुन् ।

नेपालका अन्य राजनीतिक दलहरुले जनताको एजेन्डा छोडेर दलालमा परिणत भएको भन्दै अबको देशलाई निकास दिनसक्ने क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपाले मात्र गर्न सक्नेमा आफुहरु विश्वस्त रहेकाले नेकपामा ध्रुवीकृत भएको नवप्रवेशीहरुले बताए।

ध्रुवीकरणमा आएका ६० भन्दाबढी अन्य पार्टीका नेताकार्यकर्ताहरुलाई सम्मेलनका प्रमुख अतिथि तथा स्थायी समिति सदस्य विषम सी, स्थायी समिति सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि अनिल सी, स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सी लगाएतका नेताहरुले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

महासंघका संयोजक श्याम सीको अध्यक्षतामा उद्घाटित बन्दसत्र भोलिदेखि तीन दिनसम्म चल्ने महासंघले जनाएको छ ।

चितवन उद्योग वाणिज्य महासंघको हलमा भोलि बिहानदेखि बन्दसत्र हुने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका इन्चार्ज जिवन्त सीले जानकरी दिएका छन् ।

बन्दसत्रले आगामी संघलाई हाक्न सक्ने सशक्त नेतृत्व चयन गर्ने छ ।

पार्टीमा ध्रुवीकृत हुनेहरुमा सन्तोष क्षेत्री, मेनुका सुनार, प्रेस्का सुनार, पवित्रा मगर, तुलसी मगर, माया तामाङ, राज पुडासैनी, समीर नेपाली, प्रकाश विक, साशिस मगर, रामकृष्ण भुजेल,सन्दिप गुरुङ, सुदिप थापा, कमल घले, जेपी तामाङ, सुनिता तामाङ,कमल तामाङ, मिलन बोगटी भट्ट,अनिता गुरुङ,संगीता सुनार,रितु नेउपाने,रुपा गुरुङ, स्नेहा;पौडेल, मनिसा परियार, रैजन श्रेष्ठ, उत्तम नहर्की, लगाएत ६० भन्दाबढी छन् । ध्रुवीकृत हुनेहरुमा अधिकाशं मजदुरका केन्द्रीय नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार