रेशम चौधरीको पार्टीका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका वडा सचीव विप्लव नेकपामा समाहित

डेली न्युजराप्ती       २० जेष्ठ २०८१ १०:१२ मा प्रकाशित     155 No Comments

जेठ २० , दाङ । दाङमा विभिन्न पार्टीका दुई नेता विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले सामाजिक संजाल फेसबुकमा विभिन्न फरक पार्टीका दुई नेता पार्टीमा समाहित भएको उल्लेख गर्नुभएको छ ।

पार्टीमा समाहित हुनेमा रेशम चौधरीले नेतृत्व गरिरहेको नागरिक उन्मुक्ति पार्टीका दाङ जिल्ला अध्यक्ष पुराना कम्युनिस्ट नेता राम प्रसाद चौधरी र नेकपा ( माओवादी ) केन्द्र घोराही -८ का वडा सचीव सेनापती चौधरी नेकपामा समाहित भएको जानकारी दिनुभएको हो ।

घोराही – ८ बुधौराका पुराना कम्युनिस्ट नेता राम प्रसाद चौधरी माओवादी आन्दोलनमा पैदा भएको बिचलनका विरुद्ध आक्रोशित भएर पार्टी छोडेपछि, रेशम चौधरीले नेतृत्व गरिरहेको पार्टी नागरिक उन्मुक्ति पार्टीको दाङ जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनु भएका गत निर्वाचनमा उक्त पार्टीको लुम्बिनी प्रदेश सभाको उम्मेदवार समेत बन्नुभएका चौधरीसँग गहिरो छलफल भएको र उहाँले नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेपछि हार्दिकता पुर्वक स्वागत गरिएको नेता सविनले फेसबुकमा लेख्नुभएको छ ।

नेता सविनले जनतामा व्याप्त नैराश्यता ,आक्रोश र अस्थिरतालाई समाजवादी सपना,व्यवहार र आदर्श आचरणले मात्र विश्वास र स्थिरता कायम गर्दै जाने बिश्वास समेत व्यक्त गर्नुभएको छ ।

कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनको एकता / पुनर्गठनको लागि सवैले सकेको योगदान गर्न उहाँले अपिल समेत गर्नुभएको छ ।

यस्तो छ नेता सविनले फेसबुकमा लेखेको स्टाटस:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार