विप्लवलाई छाडेर वैद्यतिर लागेका धर्मेन्द्र बास्तोला वैद्यसंग पनि टिक्न सकेनन् , फेरि फुटाए पार्टी

डेली न्युजराप्ती       ३ श्रावण २०८१ ०६:४० मा प्रकाशित     162 No Comments

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १६ महिनामै फुटेको छ । २०७९ चैतमा दुई पार्टीबिच एकता भएकोमा मंगलबार भने विभाजन भएका हुन् । 

मंगलबार पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् ।

उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताए । 

विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’

कञ्चनले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा  आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना गरेका छन् ।  

बास्तोला यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध थिए । पार्टीमा चलेको कार्यनीतिको बहसलाई बिषय बनाएर बास्तोलाले विप्लव नेतृत्वको नेकपा बिभाजन गरि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)संग एकताको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार